Notes
Notes - notes.io |
अनुसूची-१९
(दफा ३१ को उपदफा (१) संग सम्बन्धित)
अनुसन्धान प्रतिवेदन
मु.द.न.:- १५१२ (दर्ता मितिः २०८१।१२।२६ गते।)
दायरी मिति :- २०८२/०११ गते।
1) कसुरको सूचना प्राप्त भएको वा उज्री परेको मिति र समयः- मिति २०८१/१२/२६ गते दिउसो अं. १५:३० बजेको समयमा ।
2) अनुसन्धान अधिकारीको नाम र दर्जा: प्र.ब.ना.नि. हरी सिंह धामी, प्रहरी वृत्त महाराजगंज, काठमाण्डौं।
3) सुचना दिने व्यक्तिको नाम र ठेगानाः जिल्ला बारा निजगढ न.पा. वडा नं. ०९स्थायी ठेगाना भई हाल का.जि.का.म.न.पा. वडा नं. ०४ धुम्बराही बस्ने बिर बहादुर श्रेष्ठ।
4) जाहेरी दरखास्त वा सूचनाको छोटकरी विवरण: का.जि.का.म.न.पा.वडा नं. ०४ धुम्बाराही स्थित म
जाहेरवालाको पसल अगाडी सडक खण्डमा मिति २०८१/१२/२६ गते दिउसो अं. १५:३० बजेको समयमा जिल्ला नुवाकोट खानीगाँउ स्थायी ठेगाना भई हाल का.जि. टोखा धापासी बस्ने कृष्ण लामाको छोरा अन्दाजी वर्ष २९ को रन्जीत लामाले अनाहकमा निहुँ खोजी तथानाम अश्लिल गाली गलौज गर्दै हो-हल्ला गरी हातपात लछारपछार गरी विभिन्न डर, धाक धम्की दिई हैरानी गरी मानसिक तथा शारिरीक यातना दिई अभद्र व्यवहार गरेको हुँदा कानुन बमोजीम कारवाही गरी पाँउ भन्ने समेत व्यहोराको बिर बहादुर श्रेष्ठको जाहेरी दरखास्त ।
5) कस्र घटेको मिति, समय र ठाउँ: का.जि.का.म.न.पा. वडा नं. ०४ धुम्बराही स्थित सडक खण्डमा मिति मिति २०८१/१२/२६ गते दिउसो अं. १५:३० बजेको समयमा ।
6) कस्रबाट पिडित व्यक्तिको सनाखत भएको मिति र समयः- मिति २०८१/१२/२६ गते दिउसो अं. १५:३० बजेको समयमा ।
7) अभियुक्त पक्राउ परेको समय स्थान र मितिः- का.जि.का.म.न.पा. वडा नं. ०४ धुम्बराही स्थित सडक खण्डमा मिति मिति २०८१/१२/२६ गते दिउसो अं. १५:३० बजेको समयमा ।
8) अभियुक्तको नामथर, उमेर वतन (टोल समेत) एक भन्दा वढी कसुरदार भए क्रमैसंग सवैको नाम लेख्ने :-जिल्ला नुवाकोट खानीगाँउ स्थायी ठेगाना भई हाल का.जि. टोखा घापासी बस्ने वर्ष ३० को रन्जीत लामा भन्ने रन्जित थिङ।
9) अभियुक्तको वावु, आमाको नाम र वतनः जिल्ला नुवाकोट खानीगाँउ बस्ने बुवा कृष्ण थिङ र आमा लक्ष्मी थिङ ।
10) अभियुक्तले अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयानको छोटकरी विवरण:- मेरो सत्य साँचो व्यहोरा यो छ की, मिति २०८१/१२/२६ गते दिउसो म का.जि.का.म. न.पा. वडा नं. ०४ धुम्बाराही स्थित मादक पदार्थ रक्सी
सेवन गरी अं. १५:३० बजेको समयमा जाहेरवालाको पसलमा गएको थिए निजको पसलमा कोही मानिस थिएनन् । मैले रक्सीको नशामा पसलबाट केही रकम झिकेको रहेछु के कती रकम झिकेको थिए मलाई थाहा भएन तत्कालै जाहेरवाला आई मैले लिएको निजको सबै पैसा फिर्ता लिई पश्चात मलाई किन पैसा निकालेको भन्दै मलाई सम्झाई बुझाई गर्दा मेरो निज जाहेरवाला संग सामान्य वादविवाद भएको थियो वादविवादकै क्रममा मैले निजलाई गाली गलौज डर धाक धम्की दिएको थिए। जाहेरवालाले प्रहरीलाई खबर गरी प्रहरी टोलीले म भएको स्थानमा आई मलाई पक्राउ गरेको थियो, मैले सो कार्य गर्नु हुदैन भन्ने कुराको जानकारी थियो, तत्काल आवेशमा आई सो कार्य गरेको हुँदा कानून बमोजिम सहन मञ्जुर छु भनि प्रतिवादी रन्जित लामा भन्ने रन्जित थिङले अधिकार प्राप्त अधिकारी संग खुलाई लेखाई दिएको बयान कागज ।
11) कस्र संग सम्बन्धित माल सामान फेला परेको ठाउँ :- नपरेको ।
12) कसबाट पिडित व्यक्तिको नाम, थर उमेर तथा ठेगानाः-
13) घटनास्थलको स्पष्ट विवरण तथा चित्रणः यसमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालीका वडा नं. ०४ धुम्बराही स्थित पूर्वमा सरोज ठकुरीको सैलुन, पश्चिममा धुम्बराही चोक, उत्तरमा पुजा श्री ग्यास पसल दक्षीणमा धुम्बराही पिपलबोट तर्फ जाने सडकखण्ड यती चार किल्ला भित्र स्थित सार्वजनिक सडक खण्डमा मिति २०८१/१२/२६ गते दिउँसो १५:३० बजेको समयमा जिल्ला नुवाकोट खानिगाँउ स्थायी ठेगाना भई का.जि.टोखा धापासी बस्ने रन्जित लामाले जाहेरवाला बिर बहादुर श्रेष्ठलाई बिना कारण निहुँ खोजी तथानाम गाली गलौज गरी धाक धम्की दिई हातपात समेतको प्रयास गरी अभद्र व्यवहार गरेको भनि देखाए बमोजिमको
चार किल्ला सहितको घटनास्थल मुचुल्का ठिक साँचो छ।
14) कसुर गर्दा प्रयोग गरिएको साधन वा हातहतियार :- ० ।
15) घटनाको कारण र कसुरदारको मनसायः- अनावश्यक दुख हैरानी दिएको।
16) अनुसन्धान अधिकारीको प्रस्तावित राय र सजाँय मागदावीः प्रस्तुत मुद्धाको अनुसन्धानको
सिलासिलामा संलग्न हुन आएको जाहेरी दरखास्त, घटनास्थल मुचुल्का, प्रतिवादीको बयान, साक्षीको घटना विवरण कागज लगायतको अन्य प्रमाणहरु अध्ययन तथा मनन गर्दा मिति २०८१/१२/२६ गते दिउँसो १५:३० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालीका वडा नं. ०४ धुम्बराही स्थित जाहेरवाला बिर बहादुर श्रेष्ठलाई जिल्ला नुवाकोट खानीगाँउ स्थायी ठेगाना भई हाल का.जि. टोखा धापासी बस्ने वर्ष ३० को रन्जीत लामा भन्ने रन्जित थिङले विभिन्न प्रकारका अपशब्दहरु प्रयोग गरी गाली गलौज गरी धाकधम्की समेत दिई अभद्र व्यवहार गरेको पुष्टी हुन आएको हुदा निज प्रतिवादी उपर मुलुकी अपराध संहिता, २०७४ को भाग २ को परिच्छेद ५ को सार्वजनिक हित स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरको दफा ११८ को उपदफा (१) बमोजिमको कसुर गरेको हुँदा सोही ऐनको उपदफा (२) बमोजिम सजाय हुन मागदावी लिएको ।
साथै निज प्रतिवादी रन्जित लामा भन्ने रन्जित थिङ उपर टेक बहादुर मगरको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी रन्जित लामा भन्ने रन्जित थिङ उपर चोरी मुद्धा चलेको सि.आर. एस. अभिलेख बाट देखिएकोले उल्खीत मुद्धाको फैसलाको प्रतिलिपी सम्मा काठमाण्डौ जिल्ला अदालत बाट मगाई हेर्दा निज उपर ३ महिन कैद रु ३,००० रुपैया जरिवाना हुने ठहरी मिति २०८०/२/३१ गते फैसला भएको देखिदा निज प्रतिवादी उप
प्रस्तुत मुद्दामा पटके कायम गर्न कार्य मुलुकी अपराध संहिता, २०७४ को दफा ४४ बमोजिम पटके कायम गरी थप सजाय समेतको मागदावी लिईदिन हुन।
17) क्षतिपुर्ति भराउने भएको कसलाई कति क्षतिपूर्ति भराउनु पर्ने हो सो को विवरण:- नपर्ने ।
18) कसुरको वारेमा थाहा पाउने साक्षीहरुको नाम, थर, वतन र निजहरुले अनुसन्धान अधिकारी समक्ष गरेको कागजः- मिसिल संलग्न कागजातहरुको व्यहोरा पढि वाची सुनाउँदा सुनि पाएँ यसमा मेरो भएको सहि सत्य व्यहोरा यो छ कि, मैले जाहेरवाला लाई राम्रो संग चिन्दछु, भने प्रतिवादीलाई वारदात भन्दा पहिले देखेको थिईन वारदातकै दिनमा देखि चिनेको हु। मिति २०८१/१२/२६ गते दिउसो अं. १५:३० बजेको समयमा म वारदात स्थान नजिकै थिए, उक्त मिति र समयमा हाल हिरासतमा रहेका प्रतिवादी जिल्ला नुवाकोट खानीगाँउ स्थायी ठेगाना भई हाल का.जि. टोखा धापासी बस्ने वर्ष ३० को रन्जीत लामा भन्ने रन्जित थिङलाई का. जि.का.म.न.पा. वडा नं. ०४ धुम्बराही स्थितमा जाहेरवाला समेतका मानिसहरुले समाई राखको अवस्थामा देखी नजिक गई बुझ्दा प्रतिवादीले जाहेरवालाको पसलबाट केही रकमहरु झिकेर भाग्दै गरेका रहेछन्, के कती रकम लिएका थिए मलाई थाहा भएन। सो कुरा जाहेरवाला लगायतका मानिसहरुले खोज्दै जाँदा जाहेरवालाको पसलबाट केही पर प्रतिवादीलाई फेला पारी निजको साथमा रहेको पसलबाट झिकी (चोरी) गरी ल्याएको पैसा फिर्ता लिई उक्त कार्य किन गरेको भनि प्रतिवादीसंग जाहेरवालाले सोधपुछ गर्दा प्रतिवादीले जाहेवालासंग अनाहकमा धाकधम्की सहित तथानाम अश्लिल गाली गलौज गर्दै हो-हल्ला गरी हातपात लछारपछार गरी अभद्र व्यवहार गरेका थिए, केही समयमा प्रहरी टोली आई प्रतिवादीलाई पक्राउ गरेका थिए, यसरी जाहेरवालालाई अभद्र व्यवहार गर्ने प्रतिवादी उपर कानुन बमोजिम कारवाही होस् । यसमा मैले खुलाई लेखाई दिएको सम्पुर्ण व्यहोरा ठिक छ फरक छैन भनि सहिछाप समेत गरी दिएँ भन्ने व्यहोरा समेतको सागर लामा भन्ने लवाङ्ग लामा ले गरिदिएको घटना विवरण कागज ।
19) कसुर संग सम्बन्धित भौतिक सवुद प्रमाण :- नभएको ।
20) अन्य केही कुरा उल्लेख गर्नुपर्ने भए सो को विवरण :-
21) प्रस्तुतकागजातहरुको सिलसिलेवार विवरणः-
मिति २०८१।१२।२६ गतेको घटनास्थल मुचुल्का पाना २।
ऐ. मितिको जरुरी पक्राउ पुर्जी पाना-१।
ऐ. मितिको दाखिला प्रतिवेदन पाना-१।
ऐ. मितिको प्रतिवादीको स्वास्थ्य परिक्षण प्रतिवेदन पाना-२।
ऐ. मितिको हिरासतमा राख्ने थुनुवा पुर्जी पाना-१।
ऐ. २७ गतेको जाहेरी दरखास्त पाना -२ ।
ऐ. मितिको अनुसन्धान अधिकृत तोकिएको पत्र पाना-१।
ऐ. मितिको आचारसंहिता पाना-१।
ऐ. मितिको प्रारम्भिक प्रतिवेदन पाना-१।
ऐ. मितिको जरुरी पक्राउ पुर्जी स्वीकृति र आदेश पत्र पाना-१।
ऐ. गतेको हिरासतमा राख्न निमित्त पहिलो पटक म्याद थप र आदेश पत्र पाना -२।
ऐ. ३१ गतेको बयान कार्यको लागी प्रतिवादी उपस्थित गराईएको पत्र पाना-१।
ऐ. गतेको प्रतिवादीको बयान-पाना-३, परिचय खुल्ने कागजात पाना १।
मिति २०८२/०१/०२ गतेको हिरासतमा राख्न निमित्त दोस्रो पटक म्याद थप र आदेश पत्र पाना -२ ।
ऐ. गतेको सि.आर.एस. चेकजाँचको लागी लेखे को पत्र र सो को प्रतिवेदन पाना २।
ऐ. ३ गते फैसला प्रतिलिपीको लागी लेखिएको पत्र पाना १।
ऐ. ४ गतेको फैसलाको प्रतिलिपी पाना ८।
ऐ. ७ गतेको तेस्रो पटक म्याद थप र आदेश पत्र पाना २ ।
ऐ. ०९ गतेको साक्षीले गरिदिएको घटनाविवरण कागज र परिचय खुल्ने कागजात पाना ३ ।
ऐ. १० गतेको औठाछाप र फोटो पाना २।
![]() |
Notes is a web-based application for online taking notes. You can take your notes and share with others people. If you like taking long notes, notes.io is designed for you. To date, over 8,000,000,000+ notes created and continuing...
With notes.io;
- * You can take a note from anywhere and any device with internet connection.
- * You can share the notes in social platforms (YouTube, Facebook, Twitter, instagram etc.).
- * You can quickly share your contents without website, blog and e-mail.
- * You don't need to create any Account to share a note. As you wish you can use quick, easy and best shortened notes with sms, websites, e-mail, or messaging services (WhatsApp, iMessage, Telegram, Signal).
- * Notes.io has fabulous infrastructure design for a short link and allows you to share the note as an easy and understandable link.
Fast: Notes.io is built for speed and performance. You can take a notes quickly and browse your archive.
Easy: Notes.io doesn’t require installation. Just write and share note!
Short: Notes.io’s url just 8 character. You’ll get shorten link of your note when you want to share. (Ex: notes.io/q )
Free: Notes.io works for 14 years and has been free since the day it was started.
You immediately create your first note and start sharing with the ones you wish. If you want to contact us, you can use the following communication channels;
Email: [email protected]
Twitter: http://twitter.com/notesio
Instagram: http://instagram.com/notes.io
Facebook: http://facebook.com/notesio
Regards;
Notes.io Team
