Notes
Notes - notes.io |
अनुसन्धान प्रतिवेदन
मुद्धा नं. ४७६ आ.व (२०८१/०८२) १.
मुद्दाः अभद्र व्यवहार
दायरी मिति २०८२।०२।०१ गते ।
कसको सूचना प्राप्त भएको वा उजुरी परेको मिति र समयः- मिति २०८२।०१।१५
गते अन्दाजी १२:३० बजेको समयमा।
२. अनुसन्धान अधिकारीको नाम र दर्जा: प्रहरी निरीक्षक देवेन्द्रराज जोशी।
३. सुचना दिने व्यक्तिको नाम र ठेगाना: जिल्ला बाजुरा स्वामीकार्तिक गाउँपालिका वडा नं. ३ घर भई हाला का.जि. का.म.न.पा. वडा नं. २२ भोटेबहाल बस्ने बर्ष ४१ को सिद्द बहादुर शाही। (९८५१२०३८४४)।
४. जाहेरी दरखास्त वा सुचनाको छोटकरी विवरणः- मिति २०८२।०१।१५ गते म जाहेरवाला जिल्ला ज.८ बाजुरा
स्वामिकार्तिक गाउँपालिका वडा नं. ३ घर भएता पनि हाल काठमाण्डौ जिल्ला का.म.न.पा.वडा नं. २२ भोटेवहाल स्थितमा होटल टाईम्स प्रा.लि. खोलि व्यापार व्यवसाय गर्दै आएको छु। मिति २०८२।०१।१५ गते अन्दाजि १२:३० बजेको समयमा म होटलमा बसि रहेको समयमा प्रकरण नं. ३ मा उल्लेखित कसूरदारहरु पियुस श्रेष्ठ र विकी लामिछाने मैले संचालन गरेको होटलमा आई बिना कुनै कारण प्रवेश गर्न खोज्ने तथा शंकास्पद गतिबिधि गर्न लागेको अवस्थामा म होटल बाहिर निस्की निजहरुलाई के कति कारणले आउनु भएको भनि सोधपुछ गर्ने क्रममा उल्टै आवेशमा ओई सार्बजनिक स्थानमा अश्लिल शब्द प्रयोग गरी-गाली गलौज अभद्र व्यबहार समेत गरेको हुँदा निज उपर कानुन बमोजिम कारबाही गरी पाँउ भन्ने समेत व्यहोराको सिद्ध बहादुर शाही को जाहेरी दरखास्त
५. कसूर घटेको मिति, समय र ठांउँ मिति २०८२।०१।१५ गते अन्दाजि १२:३० बजेको समयमा का.म.न.पा.वडा नं. २२
भोटेवहाल स्थितमा होटल टाईम्स प्रा.लि. मा।
६. कसबाट पिडीत व्यक्तिको सनाखत भएको मिति र समयः मिति २०८२।०१।१५ गते अन्दाजि १२:३० बजेको समयमा ।
७. अभियुक्त पक्राउ भएको मिति, समय र स्थानः मिति २०८२।०१।१५ गते अन्दाजि १२:३० बजेको समयमा
का.म.न.पा.वडा नं. २२ भोटेवहाल स्थितमा होटल टाईम्स प्रा.लि. मा।
८. अभियुक्तको नाम, थर, उमेर, वतनः-
क) जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. २३ घर भई हाल का.जि.का.म.न.पा. वडा नं. २२ बस्ने बर्ष १९ को विक्की लामिछाने ...पक्राउ।
ख) जिल्ला रुन्देही बुटवल उप-महानगरपालिका वडा नं. १३ घर भई हाल का.जि.का.म.न.पा. वडा नं. १७ बस्ने बर्ष २६ को पियुस श्रेष्ठ पक्राउ।
९. अभियुक्तको बुवा आमाको नाम र वतनः-
क) विक्की लामिछानेको बुबा तारा लामिछाने आमा- निर्मला लामिछाने ।
ख) पियुस श्रेष्ठको बुबा - सन्देश श्रेष्ठ आमा सजना श्रेष्ठ।
१०. अभियुक्तले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयानको छोटकरी विवरणः-
(क) प्रतिवादी विक्की लामिछानेले गरी दिएको बयानः- मेरो
स्थाई वत्न जिल्ला चितवन भरतपुर महानगरपालाक वडा नं
२३ मा बस्दै आएकोमा करिव दुई हप्ता अगाडीमात्र कामको खोजिमा काठमान्डौं आएको हुँ र काठमाण्डौका बिभिन्न ठाँउमा बस्दै आएकोमा मिति २०८२।१५/१४ गते का.जि.का.म.न.पा वडा नं २२ स्थित आहेरवालाको होटल कोठा लिई बसेकोमा म र मेरो साथी बिहान ०८:०० बजे का. जि. का.म.न.पा. वडा नं. २२ भोटेवहाल स्थितमा रहेको टाईम्स गेस्ट हाउसबाट निस्की म र मेरो साथी कपडा किन्न बागबजार गएर कपडा किनेर पुन होटलमानै फर्किदा अन्दाजि १२:३० बजेको थियो सोही समयमा होटल संचालक जाहेरवाला सिद्ध बहादुर शाहीसंग हाम्रो भेट भयो र निजले के कती कारणले होटलमा प्रवेश गर्न लागेको तिमिहरू होटलमा प्रवेश गर्न पाउदैनउ भनि हामिहरूलाई निज जाहेरवालाले रोके पश्चात हामिहरूले रिसको आवेगमा आई जाहेरवाला सिद्ध बहादुर शाहीसंग सामान्य भनाभन भएको हो गालि गलौज तथा हातपात गरेका छैनौं। निज संग चकर्को स्वरमा बोलेकोले गालि गलौज गरेको भनि जाहेरी दर्खास्त दिएका हुन। यसरी निज जाहेरवाला सिद्द बहादुर शाहीको होटलमा बिना कारण प्रवेश गर्न खोज्नु गल्ति भयो भन्ने समेत व्यहोराको बयान कागज।
(क) प्रतिवादी पियुस श्रेष्ठले गरी दिएको बयानः मिति २०८२।१५।१५ गते म र मेरो साथी बिहान ०८:०० बजे का. जि. का.म.न.पा. वडा नं. २२ भोटेवहाल स्थितमा रहेको टाईम्स गेस्ट हाउसबाट निस्की म र मेरो साथी कपडा किन्न बागबजार गएर कपडा किनेर पुन होटलमानै फर्किदा अन्दाजि १२:३० बजेको थियो सोही समयमा होटल संचालक जाहेरवाला सिद्ध बहादुर शाहीसंग हाम्रो भेट भयो र निजले के कती कारणले होटलमा प्रवेश गर्न लागेको तिमिहरू होटलमा प्रवेश गर्न पाउदैनउ भनि हामिहरूलाई निज जाहेरवालाले रोके पश्चात हामिहरूले रिसको आवेगमा आई जाहेरवाला सिद्ध बहादुर शाहीसंग सामान्य भनाभन भएको हो गालि गलौज तथा हातपात गरेका छैनौं। निज संग चकों स्वरमा बोलेकाल गालि गलौज गरेको भनि जाहेरी दर्खास्त दिएका हुन । यसरी निज जाहेरवाला सिद्द बहादुर शाहीको होटलमा विना कारण प्रवेश गर्न खोज्नु गल्ति भयो भन्ने व्यहोराको बयान कागज ।
११. कस्रसंग सम्बन्धित मालसामान फेला परेको ठाँउ:-
१२. कसबाट पिडित व्यक्तिको नाम, थर, उमेर तथा ठेगानाः-
१३. घटनास्थलको स्पष्ट विवरण तथा चित्रणः मिति २०८२।०१।१५ गते अं.१९:३० बजेको समयमा जिल्ला काठमाण्डौ
काठमाण्डौ महानगरपालिका वडा नं.२२ भोटेबहाल स्थितमा रहेको टाईम्स तथा सार्वजनिक स्थानमा जाहेरवाला सिद्द बहादुर शाहीलाई प्रतिवादी विक्की लामिछाने र पियुस श्रेष्ठले अश्लिल शब्द प्रयोग गरी गालि गलौज गर्नुको साथै अभद्र ब्यबहार गरेको भन्ने स्थानको चार किल्ला सहितको घटनास्थल मुचुल्काको व्यहोरा।
१४. कस्र गर्दा प्रयोग गरिएको साधन वा हतियारः-
१५. घटनाको कारण र कसदारको मनसायः-
१६. अनुसन्धान अधिकारीको प्रस्तावित राय र सजाय माग दाविः-
प्रतिवादी विक्की लामिछाने र पियुस श्रेष्ठले गरेको उल्लेखित कार्य मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा ११८ को उपदफा (१) परिभाषित अपराध कसुर गरेको हुदा निज प्रतिवादीलाई सोही संहिताको परिच्छेद ५ को दफा ११८ उपदफा (२) बमोजिम सजाय हुन समेत मागदाबी लिईएको
१७. क्षतिपूर्ति भराउने भए को कसलाई क्षतिपुर्ति भराउनु पर्ने हो सोको विवरण:-
१८. कसुर बारेमा थाहा पाउने साक्षीहरुको नाम, थर वतन र निजहरुको अनुसन्धान अधिकारी समक्ष गरेको कागजको
संक्षिप्त विवरणः-
क) लिल बहादुर गुरुङले गरी दिएको घटना विवरण कागजः मिसिल संलग्न कागजातहरु पढि बाचि सुनाउदा सुनि पाए व्यहोरा अबगत भयो, यसमा मेरो सत्य साँचो व्यहोरा यो छ कि, जाहेरवाला मेरो चिनजानका मानिस हुन् भने हाल यस कार्यालयको हिरासतमा रहेका जिल्ला चितवन भरतपुर म.न.पा. वडा न.२३ घर भई जिल्ला का.का.म.न.पा.२२ बस्ने वर्ष १९ को विक्की लामिछाने र जिल्ला रुपन्देही बुटबल उप-म.न.पा. वडा न.१३ घर भई जिल्ला का. का.म.न.पा.वडा न.१७ बस्ने बर्ष २६ को पियुस श्रेष्ठ समेतलाई मैले हाल सम्म देखे चिनेको छैन। मिति २०८२/०१/१५ गते बेलुका अं. १२:३० बजेको समयमा म आफ्नै घरमा थिए। जाहेरवालाले संचालन गर्दै आएको टाईम्स प्रा.लि. होटलमा बिना कुनै अनुमती कसूरदारहरु पियुस श्रेष्ठ र विस्की लामिछाने होटलमा संकास्पद रुपमा प्रवेश गरेकोमा जाहेरवावाले निजहरु बाहिर बाटोमा निकाली किन मेरो होटलमा प्रवेश गरेको भनि सोधपुछ गर्दा निजहरु उल्टै रिसको आवेशमा आई जाहरवालालाई सार्वजनिक बाटोमा अश्लिल शब्दहरु प्रयोग गरी गालि गलौज गर्नुको साथै हातपात समेत गरी अभद्र व्यवहार गरेको भन्ने पछि सुनी थाहा पाएको हैं। जाहेरवालाई रिसको आवेशमा आई सार्वजनिक स्थानमा जाहेरवालाको मान प्रतिष्ठामा आगत पुग्ने गरी अश्लिल गाली गलौज गरी अभद्र व्यवहार गर्ने समिर बस्नेत र विजय श्रेष्ठलाई कानुन बमोजिम कारबाही हुनुपर्छ, भनि खुलाई लेखाई सहिछाप गरिदिए भन्ने समेत व्यहोराको घटना विवरण कागज।
१९. कसुरसंग सम्बन्धित भौतिक सब्द प्रमाणः-
२०. अन्य केही कुरा उल्लेख गर्नु पर्ने भए सोको विवरणः-
२१. प्रस्तुत कागजातहरुको सिलसिलेवार विवरणः-
मिति २०८२।०१।१५ गतेको पटनास्थल मुचुल्का पाना- २।
ऐ, मितको जरुरी पक्राउ पुर्जि पाना- २।
ऐ. मितिको प्रहरी प्रतिवेदन पाना - १।
ऐ, मितिको स्वास्थ्य परिक्षण प्रतिवेदन पाना-२।
ऐ मितिको थुनुवा पुर्जी पाना-२।
ऐ, मितिको जाहेरी दरखास्त पाना- २।
ऐ. मितको अनुसन्धान अधिकृत तोकिएको पत्र।
मिति २०८२।०१।१६ गतेको आचार संहित पाना।
ऐ, मितिको जरुरी पक्राउ पुर्जी स्वीकृतको लागि लेखिएको पत्र पाना-१।
ऐ. मितिको प्रारम्भिक अनुसन्धान प्रतिवेदन पठाईएको पत्र पाना-१
ऐ. १० गतेको जाहेरी दरखास्त पाना-२
ऐ. ११ गतेको अनुसन्धान अधिकृत तोकिएको पत्र तथा आचार संहित पाना-२
ऐ ११ गतेको जरुरी पक्राउ पुर्जी स्वीकृतको लागि लेखिएको पत्र पाना-१
ऐ, मितिको पहिलो पटक म्यादथपको लागी लेखेको पत्र पाना -२
मिति २०८२।०१।१९ गतेको पुनः अ.अ. तोकेको पत्र
प्रतिवादि विक्की लामिछानेको नामको नागरिकताको प्रतिलिपी
मिति २०८२।०१।२१ गतेको बयान कार्यको लागी लेखेको पत्र
ऐ. मितको प्रतिवादिको बयान कागज पाना - ६
ऐ, मितको दोस्रो पटक म्यादधपको लागी लेखेको पत्र पाना - २
प्रतिवादीको फोटो सहितको अभिलेख र औठाछाप समेतका पाना - ४
मिति २०८२।०१।२५ गतेको तेस्रो पटक म्यादथपको लागी लेखेको पत्र पाना - २
मिति २०८२।०१।२८ गतेको घटना बिबरण कागज पाना २
मिति २०८२।०१।३० गतेको CRS प्रतिवेदन
ऐ मितिको चौथो पटक म्यादधपको लागी लेखेको पत्र।
![]() |
Notes is a web-based application for online taking notes. You can take your notes and share with others people. If you like taking long notes, notes.io is designed for you. To date, over 8,000,000,000+ notes created and continuing...
With notes.io;
- * You can take a note from anywhere and any device with internet connection.
- * You can share the notes in social platforms (YouTube, Facebook, Twitter, instagram etc.).
- * You can quickly share your contents without website, blog and e-mail.
- * You don't need to create any Account to share a note. As you wish you can use quick, easy and best shortened notes with sms, websites, e-mail, or messaging services (WhatsApp, iMessage, Telegram, Signal).
- * Notes.io has fabulous infrastructure design for a short link and allows you to share the note as an easy and understandable link.
Fast: Notes.io is built for speed and performance. You can take a notes quickly and browse your archive.
Easy: Notes.io doesn’t require installation. Just write and share note!
Short: Notes.io’s url just 8 character. You’ll get shorten link of your note when you want to share. (Ex: notes.io/q )
Free: Notes.io works for 14 years and has been free since the day it was started.
You immediately create your first note and start sharing with the ones you wish. If you want to contact us, you can use the following communication channels;
Email: [email protected]
Twitter: http://twitter.com/notesio
Instagram: http://instagram.com/notes.io
Facebook: http://facebook.com/notesio
Regards;
Notes.io Team
