Notes![what is notes.io? What is notes.io?](/theme/images/whatisnotesio.png)
![]() ![]() Notes - notes.io |
तमु पहिचान भनेको के हो त ?
आफनै चीज जुन अरुसंग समान्यतः हुदैन । अरुको भन्दा पृथक हुन्छ । त्यही नै पहिचान हुने हो । जस्तै भाषा त सबैको हुन्छ, तर गुरुङहरुको आफनै खालको भाषा छ । जुन अरुको भन्दा पृथक छ । त्यसैले भाषा हाम्रो पहिचान हो । भाषा जसरी नै गुरुङहरुको भेषभ्ुषा, इतिहास, संस्कार–संस्कृति, थातथालो सबै अरु जातिको भन्दा पृथक छ । केही फरक छ । त्यसैले यिनै कुरामा नै हाम्रो पहिचान छ ।
अहिले हामी गण्डकीका केही भुभागहरुलाई तमुवान भुमी मान्छौं । किनकी यो ठाऊँमा सबैभन्दा पहिला तमुहरुले नै बस्ती बसालेका थिए । अरु जातीहरु त धेरै वर्ष पछि मात्र आएका हुन् । यिनै भूमीहरुसंग, यहाँका प्रकृति, खोलानाला, वनजङ्गलहरुसंग गुरुङ जातिको आफनै खालको विशेष सम्बन्ध छ । जुन अरुसंग छैन । यिनै ठाऊँहरुमा पनि हाम्रो केही मौलिक शास्त्र, संस्कारहरु विकासित भएको पाइन्छ । तिनै हाम्रो मौलिक पहिचान हुन् ।
जस्तै क्होलासोथरमा मामाभान्जा बीचमा कहाली लाग्दो घटना घटेको थियो । अरु जातिहरुमा मामाहरुको त्यति साह्रो महत्व हुदैन । तर गुरुङहरुमा त मामा(आँस्यो) विना कुनै पनि कर्मकाण्ड अघि नबढ्ने हुन्छ । यति सम्म की आँस्यो विना स्वर्ग पनि पुगिदैन भन्ने विश्वास छ । गुरुङहरुमा यो विश्वास किन यतिका बलियो साथ स्थापित भयो ? यसको कारण क्होलासोंथरको घटना हो ।
यदि यो संसारमा कोही कसैलाई क्होलासोंथरबारे भित्रीको भित्री कुरा थाहा छ भने त्यो केवल गुरुङहरुलाई नै थाहा छ । किनकी गुरुङहरुसंग त क्होंलासोंथरसंग सम्बन्धित आफनो छुटै शास्त्र पनि छ । जुन अरुसंग छैन । हुन पनि सक्दैन ।
यो क्होलासोंथरको शास्त्र गुरुङहरु मर्ने बेला पनि पढ्ने गरिन्छ । गुरुङहरुलाई मरेपछि क्होलासोंथरको बाटो हुदै स्वर्गतिर लाने गरिन्छ । मृत्यु संस्कारमा धेरै प्ये(शास्त्र)हरु पढिन्छन् । ति मध्ये क्होलासोंथरबारे लेखिएको प्ये(शास्त्र) पनि एक हो । यसबाट गुरुङ जाति र क्होलासोंथर बीचको सम्बन्ध कति गहिरो छ ? प्रष्ट हुन्छ । त्यसैले पनि पहिचानको लागि तमुवान माग गरिएको हो । जसको भरपर्दो आधार हाम्रो मौलिक शास्त्रहरु नै हुन् ।
क्होलासोथर त केवल एउटा उदाहरण मात्र हो । यस्ता धेरै ठाऊँहरु छन्, जहाँबाट गुरुङहरुले आफनो शास्त्र, सभ्यता, संस्कार–संस्कृतिको विकास गरेका छन् । जुन शास्त्र संस्कार अरुको भन्दा पृथक छ । पृथक भएर नै हाम्रो पहिचान हुन सकेको हो । त्यसैलै नै हामी सबैका माझमा गुरुङ भनेर परिचित छौं । किनकी हाम्रो जस्तो शास्त्र, संस्कृति अरुको छैन ।
तपाईले तमुहरु "वोन–बुद्ध" भन्नुभएको छ । तपाई पहिचानको पक्षमा हुनुहुन्छ । यो अवस्थामा कसरी हाम्रो पहिचान स्थापित हुन सक्ला ? यसबारे तपाईले प्रष्ट पार्नुभएमा अझ राम्रो हुन्थ्यो भन्ने मलाई लाग्छ ।
एक बहस सुरु गरौं है त । मानौं भएभरको सबै गुरुङहरु बुद्ध धर्म नै मान्ने भए रे । बुद्ध धर्मको आफनै शास्त्र छ । यो सबैलाई थाहा भएकै कुरा हो । अब बुद्ध धर्मलम्वी भएसी मृत्यु संस्कार देखि अरु कर्मकाण्डहरुमा पनि बुद्ध धर्मको शास्त्र पढ्नु प¥यो । अब तपाई आफै सोच्नुस् त, त्यो बेला के क्होलासोंथरको शास्त्र पढिन्छ होला त ? तमु इतिहासबारे लेखिएको शास्त्र पढिन्छ होला र ? पच्युहरुसंग आँस्योको शास्त्र छ, जसले मामाभान्जा बीचको सम्बन्धको महत्व बताउछ, के त्यो शास्त्र पढिन्छ होला त ? गुरुङहरुसंग अहिले मृत्युपछि आफनै खेमा(पितृहरु)संग लीन गर्ने शास्त्र छ । के यो पनि पढिन्छ होला र ? पक्कै पढिदैन । किनकी वौद्ध धर्म ग्रन्थ गुरुङहरुको पेवा होइन । गुरुङहरुको लागि लेखिएको होइन ।
यसबाट प्रष्ट हुन्छ, बुद्ध धर्ममा हाम्रो प्ये(शास्त्र)हरुको प्रयोग हुदैन । गुरुङहरुले हिजो विभिन्न कालखण्डमा जे जति मौलिक शास्त्रहरु विकास गरेका थिए, ति सबै निकम्मा हुन्छन् । तिनको कुनै महत्व हुदैन । गुरुङहरुको आफनै पुरोहित हुन्छ भनेर छुट्टै पहिचान छ । अब शास्त्रको प्रयोग नभएसी पच्यु, क्ल्हेब्री र वोन्पो लमहरु पनि हराउने भए ।
हामी तमुवान भन्छौं । गण्डकी र तमुवान बीचको सम्बन्धलाई स्थापित गर्ने क्होलासोंथरबारे लेखिएको प्ये(शास्त्र) पनि हो, त्यो पनि हराउने भयो । भन्नुको अर्थ गुरुङहरुसंग जति पनि आफनै शास्त्रहरु छन्, ति सबै बुद्ध धर्म अंगाल्दा प्रयोग हुने कुरै भएन । सबै शास्त्रहरु हराउने नै भए ।
डा. हर्क गुरुङले भनेका छन् । शास्त्र हराए, संस्कार हराउछ, संस्कार हराए संस्कृति हराउछ, संस्कृति हराए मान्छेको अस्तित्व(पहिचान) हराउछ । गुरुङ शास्त्र नै हराएसी अब पहिचान पनि सजिलै हराउदैन होला र ?
त्यसैले तमुहरु "वोन–बुद्ध" हुदा बाहिर एकता हुन्छ जस्तो देखिएता पनि यथार्थ त्यस्तो हुदैन । हामीले यथार्थलाई बुझनु पर्ने हुन्छ । तैपनि ल मानिलिऊँ एकता पनि भइहाल्यो रे । दुखको कुरा मौलिक पहिचान रहदैन । किनकी हामी आफनो मौलिक भन्दा फरक शास्त्र, फरक संस्कार, फरक संस्कृतिमा अभ्यस्ता हुन पुग्छौं ।
हाम्रो शास्त्र जसले हाम्रो उत्पतिबारे बताउछ, हाम्रो एतिहासिकताबारे बताउछ, हाम्रो भुमिहरुबारे बताउछ, हाम्रो भाषाबारे बताउछ, हाम्रो संस्कार–संस्कृतिबारे बताउछ, हाम्रो सभ्यतालाई निर्देशित गर्छ, ती सबै शास्त्र नै हराएपछि हाम्रो पहिचान कसरी बाँकी रहन्छ होला र ?
यसको अर्थ बुद्ध धर्म गलत छ भन्न खोजेको होइन । गुरुङहरुले बुद्ध धर्म अँगाल्न पाउदैन भन्ने पनि होइन । मज्जालाई पाइन्छ । सबैलाई स्वतन्त्र छ । केवल बुद्ध धर्म र तमु पहिचानबीच कुनै सम्बन्ध हुदैन भन्न खोजीएको हो । बुद्धिजमको आफनै विशेष खालको महत्व छ । मलाई पनि बुद्धिजम मन पर्छ । म बुद्धको समर्थक पनि हुँ । तर बुद्धिजमभित्र गुरुङ मौलिकता हुने कुनै आधार देख्दिनँ । बुद्धिजम Enlightment को लागि पछ्याउने हो । तर गुरुङ मौलिकताको लागि पछ्याउनु हाम्रो अज्ञानता हो । बुद्धिजम र तमु मौलिकता अलग अलग कुरा हुन् । यस अर्थमा, कुनै गुरुङ बुद्धिष्ट हुन सक्तछ, तर गुरुङ मौलिकता बुद्धिष्ट हुन सक्दैन ।
तपाईको आर्टिकलको सबल पक्ष भनेको तमु एकता र पहिचानप्रति उन्मुख हुनु हो । दुर्बल पक्ष भनेको यी दुवै कुराको "तमु प्येताँ ल्हुताँ"संग गहिराईमा कस्तो सम्बन्ध हुन्छ भनेर नकेलाउनु हो ।
तैपनि मलाई यो दुर्बल पक्ष त्यति ठुलो लाग्दैन । किनकी "प्येताँ ल्हुताँ"का ज्ञान हरेक तमु युवाहरुले सहजै पाउन सक्ने अवस्था छैन । यो हामी सबैको लागि दुर्भाग्यको कुरा हो । न त स्कुल, कलेजको किताबमा पढ्न पाइन्छ । न त गुरुङ संघसंस्थाहरुले नै यसबारे समयमै युवाहरुलाई ज्ञान दिएको पाइन्छ ।
मेरो सानो व्यक्तिगत कुरा शेयर गर्नु पर्दा, स्कुल कलेज पढ्दा सम्म पनि म तमु संस्कृतिको विरोधी नै थिए । म बहिष्कारको पक्षमा उभिरहेको थिएँ । तर पछि जब मेरो बाबाको मृत्य भयो । म आपैm झल्यास व्युऊँझिएभैं भएँ । त्यही बेला नै बल्ल हाम्रो संस्कारसंग मेरो भित्री साक्षात्कार भयो ।
मैंले पहिला बाह्यरुपले मात्र संस्कार नियालेको रहेछु । जुन गलत हुदो रहेछ । अहिले मलाई लाग्छ, हामी सबैको साझा समस्या यही हो, आफनो संस्कारलाई बाह्य आँखाबाट मात्र हेर्नु । भित्री आँखाबाट नहेर्नु । एकपल्ट भएपनि अब हामी सबैले भित्री आँखाले हाम्रो संस्कार नियाल्ने प्रयास गरौं । अवश्य केही नयाँ कुरा मिल्नेछ ।
![]() |
Notes is a web-based application for online taking notes. You can take your notes and share with others people. If you like taking long notes, notes.io is designed for you. To date, over 8,000,000,000+ notes created and continuing...
With notes.io;
- * You can take a note from anywhere and any device with internet connection.
- * You can share the notes in social platforms (YouTube, Facebook, Twitter, instagram etc.).
- * You can quickly share your contents without website, blog and e-mail.
- * You don't need to create any Account to share a note. As you wish you can use quick, easy and best shortened notes with sms, websites, e-mail, or messaging services (WhatsApp, iMessage, Telegram, Signal).
- * Notes.io has fabulous infrastructure design for a short link and allows you to share the note as an easy and understandable link.
Fast: Notes.io is built for speed and performance. You can take a notes quickly and browse your archive.
Easy: Notes.io doesn’t require installation. Just write and share note!
Short: Notes.io’s url just 8 character. You’ll get shorten link of your note when you want to share. (Ex: notes.io/q )
Free: Notes.io works for 14 years and has been free since the day it was started.
You immediately create your first note and start sharing with the ones you wish. If you want to contact us, you can use the following communication channels;
Email: [email protected]
Twitter: http://twitter.com/notesio
Instagram: http://instagram.com/notes.io
Facebook: http://facebook.com/notesio
Regards;
Notes.io Team