Notes
Notes - notes.io |
इजलास
माननीय जिल्ला न्यायाधीश श्री गायात्रीप्रसाद रेग्मी
फैसला
मुद्दा नं.: ०७७–C१–०१८७
मु.र.नं.39-07७-0१२६०
दायरी मितिः २०७७।५।५
फैसला मितिः २०८२।२।१४
नि.नं. ७४१
मुद्दाः ठगी
वादीको नाम, थर, वतनः
रेणुका श्रेष्ठ समेतको जाहेरीले नेपाल सरकार.......................................................१
प्रतिवादीहरुको नाम, थर, वतनः
जिल्ला बाँके साविक खास कारकादौ गा.बि.स.वडा नं.५ परिवर्तित राप्ती सोनारी गा.पा.वडा नं.१ घर भई हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका १० बुद्धनगर बस्ने हरिराज शर्माको छोरा वर्ष ४२ को प्रविण कुमार शर्मा...........................................१
जिल्ला ओखलढुङ्गा साविक कालीमाटी गा.बि.स.वडा नं. ८ परिवर्तित चिसंखुगढी गा.पा.वडा नं.८ घर भई हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.३० बस्ने खडानन्द भट्टराईको छोरा बर्ष ५२ को व्यवस्थापक रमेश कुमार भट्टराई....................१
जिल्ला धनुषा जनकपुर नगरपालिका वडा नं. २ परिवर्तित जनकपुर उ.म.न.पा. वडा नं.२ घर भई काठमाडौं जिल्ला टोखा नगरपालिका वडा नं. ३ बस्ने कुल प्रसाद उपाध्यायको छोरा बर्ष ५७ को कोषाध्यक्ष मनोज प्रसाद उपाध्याय............................................१
जिल्ला गुल्मी साविक तम्घास न.पा.वडा नं. १ परिवर्ति रेसुङ्गा न.पा.वडा नं.१ स्थायी घर हुने हर्क प्रसाद श्रेष्ठको छोरा वर्ष ३९ को सदस्य वसन्तकुमार श्रेष्ठ...........................१
जिल्ला उदयपुर साविक बेलटार न.पा. वडा नं.२ परिवर्तित चोदण्डीगढी न.पा.वडा नं.७ घर भई हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.१० बस्ने जनक श्रेष्ठको छोरी प्रसाद राईको श्रीमती बर्ष ४३ की सदस्य ललिता राई ..................................१
जिल्ला भक्तपुर साविक ठिमी न.पा. २ परिवर्तित ठिमी न.पा.वडा नं.८ घर भई हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.३४ बस्ने बालकृष्ण श्रेष्ठको छोरी वर्ष ३५ की सदस्य पन्ना श्रेष्ठ...............................................................................१
जिल्ला पर्सा बिरगन्ज उ.म.न.पा साविक वडा नं.१८ परिवर्तित वडा नं.१५ घर भई हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.३५ बस्ने राम प्रसाद साहको छोरा वर्ष ४२ को सदस्य राजेश कुमार साह.............................................................१
जिल्ला ओखलढुङगा साविक ओखलढुङगा गा.बि.स.वडा नं. ६ परिवर्तित सिस्नेरी न.पा.वडा नं.१२ घर भई काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.१० बस्ने बद्रीराज भण्डारीको छोरा वर्ष ३५ को सचिव दिपेन्द्र राज भण्डारी........................................१
वादीका प्रमाण प्रतिवादीका प्रमाण
साक्षी:- xxx
कागजः- xxx साक्षी: xxx
कागजः xxx
अदालतबाट बुझेकोः
साक्षी:- xxx
प्रमाण:- xxx
न्याय प्रशासन ऐन, २०७३ को दफा ७(1) तथा मुलुकी फौजदारी कार्यविधि संहिता, 2074 को दफा 45 बमोजिम यस अदालतको क्षेत्राधिकार अन्तर्गत दायर भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार रहेको छः-
मुद्दाको तथ्य:
१. रेणुका श्रेष्ठको जाहेरी दरखास्त:
का.जि.का.म.न.पा.२६ ठमेलमा रहेको श्री युनाईटेड सिटिजन्स बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका कार्यलय प्रमुख रमेश भट्टराईको बिश्वास र आश्वसनमा परी आफुले खाई नखाई जम्मा गरेको रु.१,००,०००।- १ बर्षे फिक्स डिपोजिट गर्न लगाई मासिक १४ प्रतिसत ब्याज दिने गरी १बर्ष अवधिको लागी मु.हि.नं. FD 104010500000171D मा रु.१,००,०००।- डिपोजिट गरेकोमा जम्मा गरेको रकमको ब्याज लिन जाँदा कार्यालय प्रमुख नभेटिएकोले उक्त सहकारीका कर्मचारी सँग सोधपुछ गर्दा रकम जम्मा भएको छैन भनी सरहरु ऋण उठाउन जानु भएको छ पछी आउनुहोस भनेको र पछि प्रमुख रमेश भट्टराई र एसिस्टेण्ट मेनेजर प्रविन कुमार केसीलाई भेटी सावाँ व्याज दिनु पर्यो भन्दा तपाईहरुको रकम सुरक्षित नै छ आत्तिनु पर्दैन, हामी चाँडै बोलाई फिर्ता गर्छौ भनी पटक पटक आलटाल गरी आएकोले २०७६ साल भदौ ७ गते उक्त युनाइटेड सिटिजन्स बहुउद्देश्यीय सहकारीमा जाँदा अफिस बन्द थियो । उक्त संस्थाका संचालक एवं पदाधिकारीहरुले हाम्रो ठगी खाने उद्देश्यले लापत्ता बेपत्ता भएको हुँदा उक्त संस्थाका अध्यक्ष प्रविण कुमार शर्मा, रमेश कुमार भट्टराई समेतलाई आवश्यक कारवाही गरी मैले जम्मा गरेको विगो र सो को व्याज समेत दिलाई भराइ पाउँ भन्ने समेत व्यहोराको रेणुका श्रेष्ठले दिएको जाहेरी दरखास्त ।
२. दिव्य लक्ष्मी बज्राचार्यको जाहेरी दरखास्त:
का.जि.का.म.न.पा.२६ ठमेलमा रहेको श्री युनाईटेड सिटिजन्स बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका कार्यालय प्रमूख रमेश भट्टराईको विश्वास र आश्वासनमा परी आफूले खाई नखाई जम्मा गरेको रु.४,००,०००।- १ बर्षे फक्स डिपोजिट गर्न लगाई मासिक १४% ब्याज दिने भनी मु.हि.नं. FD 10401050001673 नं. मा उक्त रु.४,००,०००।- डिपोजिट गरेकोमा जम्मा गरेको रकमको ब्याज लिन जाँदा कार्यालय प्रमुख नभेटिएकोले उक्त सहकारीका कर्मचारी सँग सोधपुछ गर्दा रकम जम्मा भएको छैन भनी सरहरु ऋण उठाउन जानु भएको छ पछी आउनुहोस भनेको र पछि प्रमुख रमेश भट्टराई र एसिस्टेण्ट मेनेजर प्रविन कुमार केसीलाई भेटी सावाँ व्याज दिनु पर्यो भन्दा तपाईहरुको रकम सुरक्षित नै छ आत्तिनु पर्दैन, हामी चाँडै बोलाई फिर्ता गर्छौ भनी पटक पटक आलटाल गरी आएकोले २०७६ साल भदौ ७ गते उक्त युनाइटेड सिटिजन्स बहुउद्देश्यीय सहकारीमा जाँदा अफिस बन्द थियो । उक्त संस्थाका संचालक एवं पदाधिकारीहरुले हाम्रो ठगी खाने उद्देश्यले लापत्ता बेपत्ता भएको हुँदा उक्त संस्थाका अध्यक्ष प्रविण कुमार शर्मा, रमेश कुमार भट्टराई समेतलाई आवश्यक कारवाही गरी मैले जम्मा गरेको विगो र सो को व्याज समेत दिलाई भराइ पाउँ भन्ने समेत व्यहोराको दिव्य लक्ष्मी बज्राचार्यको जाहेरी दरखास्त ।
३. सुचिता राजभण्डारीको जाहेरी दरखास्त:
का.जि.का.म.न.पा.२६ ठमेलमा रहेको श्री युनाईटेड सिटिजन्स बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका कार्यालय प्रमूख रमेश भट्टराईको विश्वास र आश्वासनमा परी आफूले खाई नखाई जम्मा गरेको रु.१,५०,०००।- १ बर्षे फक्स डिपोजिट गर्न लगाई मासिक १४.५% ब्याज दिने भनी मु.हि.नं. FD 10401050001706 नं. मा उक्त रु.१,५०,०००।- फिक्स डिपोजिट गरेकोमा जम्मा गरेको रकमको ब्याज लिन जाँदा कार्यालय प्रमुख नभेटिएकोले उक्त सहकारीका कर्मचारी सँग सोधपुछ गर्दा रकम जम्मा भएको छैन भनी सरहरु ऋण उठाउन जानु भएको छ पछी आउनुहोस भनेको र पछि प्रमुख रमेश भट्टराई र एसिस्टेण्ट मेनेजर प्रविन कुमार केसीलाई भेटी सावाँ व्याज दिनु पर्यो भन्दा तपाईहरुको रकम सुरक्षित नै छ आत्तिनु पर्दैन, हामी चाँडै बोलाई फिर्ता गर्छौ भनी पटक पटक आलटाल गरी आएकोले २०७६ साल भदौ ७ गते उक्त युनाइटेड सिटिजन्स बहुउद्देश्यीय सहकारीमा जाँदा अफिस बन्द थियो । उक्त संस्थाका संचालक एवं पदाधिकारीहरुले हाम्रो ठगी खाने उद्देश्यले लापत्ता बेपत्ता भएको हुँदा उक्त संस्थाका अध्यक्ष प्रविण कुमार शर्मा, रमेश कुमार भट्टराई समेतलाई आवश्यक कारवाही गरी मैले जम्मा गरेको विगो र सो को व्याज समेत दिलाई भराइ पाउँ भन्ने समेत व्यहोराको सुचिता राजभण्डारीको जाहेरी दरखास्त ।
४. प्रतिवादी प्रबिण कुमार शर्माको बयान:-
मिति २०६५/०६/१९ गते देखी का.जि.का.म.न.पा.वडा नं.२९ साबिक भई हाल २७ ठमेलमा रहेको युनाईटेड सिटिजन्स् बहुउद्देश्यीय सहकारी संस्थामा तत्काल सचिव समेत भई काम गर्दै आइ रहेकोमा मिति २०६६/ ०९/२० गतेको साधरण सभा मार्फत म अध्यक्ष पदमा चयन भई अध्यक्षको रुपमा काम गर्दै आई रहेकोमा म संचालक समितिको अध्यक्ष हुनु भन्दा पहिला देखिनै उक्त सहकारीको केही रकम ऋणहरु उठ्न बाँकी रहेको अबस्थामा हाल जारेवालीहरु रेणुका श्रेष्ठ, दिब्य लक्ष्मी बज्राचार्य र सुचिता राजभण्डारीले जाहेरी दिनु भन्दा अगाबै पन्नामान तुलाधर समेतको जाहेरीले म समेत प्रतिवादी भएको ठगी मुद्दामा पक्राउ परी सम्मानित काठमाण्डौ जिल्ला अदालतको मिति २०७४/ १०/२४ गतेको आदेशले म धरौटी राख्न नसकी केन्द्रिय कारागार जगन्नाथ देवल काठमाण्डौमा थुनामा गएको हुँदा हाल जाहेरवालीहरुले बिभिन्न मितिमा म अध्यक्ष भएको सहकारीमा जम्मा गरेको जाहेरीसाथ संलग्न राखी पेश गरेको आवधी बचत प्रमाण पत्रमा उल्लेखित रकम फिर्ता गर्न नसकेको अबस्था हो, सोही क्रममा हाल जाहेरवालीहरु सहकारीमा राखेको रकम फिर्ता लिन जाँदा सहाकरी बन्द रहेको देखी रकम ठगी गरेको भनी म समेतको बिरुद्धमा ठगी सम्बन्धी जाहेरी दिएको रहेछ । जाहेरवालाहरु रेणुका श्रेष्ठसमेतको रकम आफुसमेतले तिर्नु पर्ने हो भन्ने ब्यहोराको प्रतिवादी प्रबिण कुमार शर्माको वयान ।
५. बुझिएका मानिसले गरेको घटना विवरण कागज:
(क) तिर्थ बहादुर बुढाथोकी र प्रमोदमान राजभण्डारीले गरेको कागजः
का.जि.का.म.न.पा.२९ हाल वडा नं. २७ स्थित ठमेलमा रहेको श्री युनाईटेड सिटिजन्स बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका कार्यलय प्रमुख प्रतिवादी रमेश कुमार भट्टराई र प्रबिण कुमार शर्माले जाहेरवाली रेणुका श्रेष्ठ र सुचिता राजभण्डारीलाई बिश्वास र आश्वासनमा पारी मासिक १४% र १४.५% ब्याज दिने लिने गरी क्रमशः मु.हि.नं.FD104010500000171D र मु.हि.नं.FD10401050001706 मा जम्मा गरेको रु.१,००,०००।- र रु.१,५०,०००।- रकमको अवधी पुरा भईसके पश्चात जाहेरवालीहरु उक्त सहकारीमा जम्मा गरेको रकम र सो को ब्याज समेत भुक्तानी लिन जाँदा निज प्रतिवादीहरु सहकारी नै बन्द गरी अन्य निक्षेपकर्ताहरुको समेत रकम ठगी गरी सोही ठगी कसुरमा प्रहरीले पक्राउ गरी प्रतिवादी मध्ये प्रबिण कुमार शर्मा हाल कारागार कार्यालय सुन्धारामा थुनामा रहेको र अर्का प्रतिवादी रमेश कुमार भट्टराई धरौटी तारेखमा छुटेको भन्ने हाल थाहा भयो, यसरी यि जाहेरवालीहरुलाई ललाई फाकाई झुक्याई गलफतमा पारी ठगी गर्ने प्रतिवादीहरुलाई कानून बमोजिम कारबाही गरी जाहेरवालीको ठगी गरेको रकम समेत निज प्रतिवादीहरुबाट जाहेरवाली रेणुका श्रेष्ठ र सुचिता राजभण्डारीलाई दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको तिर्थ बहादुर बुढाथोकी र प्रमोदमान राजभण्डारीले गरेको एकै मिलानको घटनाबिवरण कागज ।
(ख) ईशान बुद्धाचार्य र मृगेन्द्रमान बुद्धाचार्यले गरेको कागजः
का.जि.का.म.न.पा.२९ हाल वडा नं २७ स्थित ठमेलमा रहेको श्री युनाईटेड सिटिजन्स बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका कार्यलय प्रमुख प्रतिवादी रमेश कुमार भट्टराई प्रबिण कुमार शर्माले जाहेरवाली दिब्य लक्ष्मी बज्राचार्यलाई बिश्वास र आश्वसनमा पारी जाहेरवालीले मिति २०७३/११/०५ देखी २०७४/११/०५ सम्म १ बर्ष अवधिको मासिक १४ प्रतिसत ब्याज दिने लिने गरी मु.हि.नं.FD 10401050001673 मा जम्मा गरेको रु.४,००,०००।- रकमको अवधी पुरा भईसके पश्चात जाहेरवाली उक्त सहकारीमा जम्मा गरेको साँवा रकम र सो को ब्याज समेत भुक्तानी लिन जाँदा निज प्रतिवादीहरु सहकारी नै बन्द गरी अन्य निक्षेपकर्ताहरुको समेत रकम ठगी गरी प्रहरीले पक्राउ गरी प्रतिवादी मध्ये प्रबिण कुमार शर्मा हाल कारागार कार्यालय सुन्धारामा थुनामा रहेको र अर्का प्रतिवादी रमेश कुमार भट्टराई धरौटी तारेखमा छुटेको भन्ने हाल थाहा पाएको छु, यसरी यि प्रतिवादीहरुले जाहेरवाली दिब्य लक्ष्मी बज्राचार्यलाई ललाई फकाई झुक्याई गलफतमा पारी जाहेरीमा उल्लेखित रकम जम्मा गर्न लगाई जम्मा गरेको साँवा र को ब्याज समेत नदिई ठगी गर्ने प्रतिवादीहरुलाई कानून बमोजिम कारबाही गरी पाउँ भन्ने समेत व्यहोराको ईशान बुद्धाचार्य र मृगेन्द्रमान बुद्धचार्यले गरेको एकै मिलानको घटनाबिवरण कागज ।
६. प्रहरी प्रतिवेदन:
रेणुका श्रेष्ठ समेतको जाहेरीले बादी नेपाल सरकार प्रतिबादी प्रबिण कुमार शर्मा समेत भएको ठगी मुद्दामा वारदात पश्चात भागी फरार रहेका प्रतिवादीहरु रमेश कुमार भट्टराई, मनोज प्रसाद उपाध्याय, वसन्त कुमार श्रेष्ठ, ललिता राई, पन्ना श्रेष्ठ, राजेश कुमार साह र दिपेन्द्र राज भण्डारीलाई खोजतलाश गर्दा गराउँदा फेला नपरेको भन्ने समेत व्यहोराको प्रहरी प्रतिबेदन ।
७. अभियोग मागदावीः
प्रतिवादीहरु प्रबिण कुमार शर्मा, रमेश कुमार भट्टराई, मनोज प्रसाद उपाध्याय, वसन्त कुमार श्रेष्ठ, ललिता राई, पन्ना श्रेष्ठ, राजेश कुमार साह र दिपेन्द्र राज भण्डारीलाई तत्काल प्रचलित मुलुकी ऐन, ठगीको महलको १ र ४ नं./हाल प्रचलित मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ उपदफा (१) र (२) बमोजिमको कसूरमा जम्मा विगो रु.६,५०,०००।- कायम गरी तत्काल प्रचलित मुलुकी ऐन, ठगीको महलको ४ नं./ हाल प्रचलित मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ उपदफा (३) को देहाय (ग) बमोजिम सजाय गरी तत्काल प्रचलित मुलुकी ऐन ठगीको महलको ४ नं./हाल प्रचलित मुलुकी अपराध संहिता, २०७४ को दफा २५४ बमोजिम जाहेरवाली रेणुका श्रेष्ठको रु.१,००,०००।-,जाहेरवाला सुचिता राजभण्डारीको रु.१,५०,०००।- र जाहेरवाला दिब्य लक्ष्मी बज्राचार्यको रु.४,००,०००।-गरी जम्मा बिगो रु.६,५०,०००।-समेतको क्षतिपूर्ती प्रतिवादीहरुबाट सम्बन्धित जाहेरवालाहरुलाई दिलाई भराइ अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम कसूरदारबाट पीडित राहतकोषमा क्षतिपूर्ति शुल्क जम्मा गराई पाउँ भन्ने समेत बेहोराको अभियोग मागदावी।
८. प्रतिवादी ललिता राईले अदालत समक्ष गरेको बयानः
जाहेरी दरखास्तको सम्बन्धमा मलाई केही थाहा जानकारी छैन । युनाइटेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा म कुनै पदाधिकारी तथा सदस्य समेत केही छैन । जाहेरी दरखास्त बमोजिम मैले यी जाहेरवालालाई ठगी गरेको छैन । उक्त सहकारीले यी जाहेरवालीलाई ठगी गरेको भन्ने कुरा सुनेको हो भन्ने समेत बेहोराको प्रतिवादी ललिता राईले यस अदालतमा गरेको बयान ।
९. प्रतिवादी पन्ना श्रेष्ठले अदालत समक्ष गरेको बयानः
जाहेरी दरखास्तको सम्बन्धमा मलाई केही थाहा जानकारी छैन । युनाइटेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा म कुनै पदाधिकारी तथा सदस्य समेत केही छैन । जाहेरी दरखास्त बमोजिम मैले यी जाहेरवालालाई ठगी गरेको छैन । उक्त सहकारीले यी जाहेरवालीलाई ठगी गरेको भन्ने कुरा सुनेको हो भन्ने समेत बेहोराको पन्ना श्रेष्ठले यस अदालतमा गरेको बयान ।
१०. थुनछेक आदेशः
पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाल प्रतिवादीहरु ललिता राई र पन्ना श्रेष्ठबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ नं. बमोजिम जनही रु.२०,०००।-(बीस हजार) नगद वा बैंक ग्यारेन्टी वा सो बराबरको जेथा जमानत माग गरी दिए लिई तारेखमा राख्नु । दिन इन्कार गरेमा ऐ.८० नं.बमोजिमको थुनुवा पुर्जी दिई थुनामा राख्न सम्बन्धित कारागार कार्यालयमा पठाईदिनु भन्ने यस अदालतको मिति २०७७।६।६ को आदेशानुसार प्रतिवादी पन्ना श्रेष्ठ र ललिता राईले ऐ.मितिमा ध.र.नं.क्रमशः ३१९ र ३२० बाट नगद धरौटी जनही रु.२०,०००।-दाखिल गरी तारेखमा रहेका ।
११. प्रतिवादी दिपेन्द्र राजभण्डारीले अदालत समक्ष गरेको बयानः
काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.२६ मा रहेको युनाईटेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा मलाई प्रविण कुमार शर्माले आफ्नो साडु दाई सुधिर कुमार शर्मालाई सचिवबाट झिकी सो संस्थाको सचिवमा राखिदिएको रहेछन् । सो कुरा पछि थाहा जानकारी भयो । तर सो संस्थामा मेरो इच्छा बमोजिम निर्वाचित भएको होईन । मलाई थाहा जानकारी नै नदिई प्रविण कुमार शर्माले संचालक समितिको विवरणमा मेरो नाम र फोटो राखी सहिछाप समेत किर्ते गरेको हो । सो किर्ते गरेको सम्बन्धमा प्रविण कुमार शर्मा समेतको उपरमा मैले मुद्दा नं.०७४-PC-०३२१ को किर्ते मुद्दा दायर गरेको छु । उक्त सहकारीको म सचिव पनि होईन र कुनै पदाधिकारी समेत होईन । मैले जाहेरवालाहरुलाई ठगी गरेको होईन भन्ने समेत बेहोराको प्रतिवादी दिपेन्द्र राज भण्डारीले यस अदालतमा गरेको बयान ।
१२. थुनछेक आदेशः
पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाल प्रतिवादी दिपेन्द्र राजभण्डारीबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ नं.बमोजिम रु.२०,०००।-(बीस हजार) नगद वा बैंक ग्यारेन्टी वा सो बराबरको जेथा जमानत माग गरी दिए लिई तारेखमा राख्नु । दिन इन्कार गरेमा ऐ.८० नं.बमोजिमको थुनुवा पुर्जी दिई थुनामा राख्न सम्बन्धित कारागार कार्यालयमा पठाईदिनु भन्ने यस अदालतको मिति २०७७।६।७ को आदेशानुसार प्रतिवादी दिपेन्द्र राजभण्डारीले ऐ.मितिमा ध.र.नं. ३२५ बाट नगद धरौटी रु.२०,०००।-दाखिल गरी तारेखमा रहेका ।
१३. प्रतिवादी रमेश कुमार भट्टराईले अदालत समक्ष गरेको बयानः
प्रतिवादी प्रविण कुमार शर्माको सहकारीमा प्रवेश संगै संचालक, लेखा समिति, ऋणी, कर्जाको मेनेजर, कर्जाको सहायक र काउन्टरका क्यासियर सबै प्रविण कुमार शर्माको परिवारका सदस्य नातेदार हुन् । निजहरुले नै उक्त रकम खाई मासेका हुन् । मैले कसैको रकम खाए मासेको छैन । उक्त संस्थाको दायित्व र जिम्मेवारी मेरो होईन । मैले ठगी गरेको छैन । मैले कार्यकारी अध्यक्ष प्रविण कुमार शर्माले अह्राए पराहेको काम गरेको हो । यसमा मेरो कुनै भुमिका छैन भन्ने समेत बेहोराको प्रतिवादी रमेश कुमार भट्टराईले यस अदालतमा गरेको बयान ।
१४. थुनछेक आदेशः
पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाल प्रतिवादी रमेश कुमार भट्टराईबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ नं.बमोजिम रु.५०,०००।-(पचास हजार) नगद वा बैंक ग्यारेन्टी वा सो बराबरको जेथा जमानत माग गरी दिए लिई तारेखमा राख्नु । दिन इन्कार गरेमा ऐ.८० नं.बमोजिमको थुनुवा पुर्जी दिई थुनामा राख्न सम्बन्धित कारागार कार्यालयमा पठाईदिनु भन्ने यस अदालतको मिति २०७७।६।११ को आदेशानुसार प्रतिवादी रमेश कुमार भट्टराईले ऐ.मितिमा ध.र.नं. ३४८ बाट नगद धरौटी रु.५०,०००।-दाखिल गरी तारेखमा रहेका ।
१५. प्रतिवादी मनोज प्रसाद उपाध्यायले अदालत समक्ष गरेको बयानः
उल्लेखित बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा मलाई मेरो इच्छा विपरित सबै काम हामी गर्दछौं भनी सामान्य प्रकृया मिलाउनको लागि मलाई उक्त सहकारीमा कोषाध्यक्ष पदमा राखेको भए तापनि उक्त सहकारीमा मेरो कुने हैसियत नभएको र म बाट उक्त सहकारीमा आर्थिक तथा प्रशासनिक लगायतको कुनै पनि काम भएको छैन । बैंकको खाता समेत मैले संचालन गरेको छैन । व्यवस्थापक रमेश कुमार भट्टराई र अध्यक्ष प्रविण कुमार शर्मा मार्फत संचालन भएको हो । बैंक खाता समेत निजहरुले नै संचालन गरेका हुन् । मेरो कुनै संलग्नता छैन । मैले उक्त सहकारीबाट कुनै रकम लिनु खानु समेत केही गरेको छैन । मैले यी जाहेरवालाहरुलाई ठगी गरेको छैन भन्ने समेत बेहोराको प्रतिवादी मनोज प्रसाद उपाध्यायले यस अदालतमा गरेको बयान ।
१६. थुनछेक आदेशः
पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाल प्रतिवादी मनोज प्रसाद उपाध्यायबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ नं.बमोजिम रु.३०,०००।-(तीस हजार) नगद वा बैंक ग्यारेन्टी वा सो बराबरको जेथा जमानत माग गरी दिए लिई तारेखमा राख्नु । दिन इन्कार गरेमा ऐ.८० नं.बमोजिमको थुनुवा पुर्जी दिई थुनामा राख्न सम्बन्धित कारागार कार्यालयमा पठाईदिनु भन्ने यस अदालतको मिति २०७७।६।१८ को आदेशानुसार प्रतिवादी मनोज प्रसाद उपाध्यायले ऐ.मितिमा ध.र.नं. ३९० बाट नगद धरौटी रु.३०,०००।-दाखिल गरी तारेखमा रहेका ।
१७. प्रतिवादी प्रविण कुमार शर्माले अदालत समक्ष गरेको बयानः
जाहेरवालाहरूले युनाइटेड सिटिजन्स बहुउद्देश्यीय सहकारी संस्थामा रकम राखेकोमा उक्त रकम र सो को व्याज समेत सहकारी संस्था बन्द भएको कारण दिन नसकेको होला । सो सम्बन्धमा सम्पूर्ण कुराहरु प्रतिवादी रमेश भट्टराईलाई थाहा होला । हामीले खोलेको सहकारीमा जम्मा भएको रकम बजारको लगानी भएकोले भनेको समयमा यी जाहेरवालाहरुको रकम दिन नसकेको होला । ठगी गरेको होइन । जाहेरवालाहरुले साँवा र व्याज समेतको रकम सहकारीबाट पाउनु पर्ने हो । मेरो समेत उपरमा छानविन सुरु भएकोले उक्त सहकारी बन्द भएकोले यी जाहेरवालाहरुको रकम दिन नसकेको हो । तर ठगी गरेको होइन भन्ने समेत बेहोराको प्रतिवादी प्रविण कुमार शर्माले यस अदालतमा गरेको बयान ।
१८. थुनछेक आदेशः
पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाल प्रतिवादी प्रविण कुमार शर्माबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ नं.बमोजिम रु.१,००,०००।-(एक लाख रुपैयाँ) नगद वा बैंक ग्यारेन्टी वा सो बराबरको जेथा जमानत माग गरी दिए लिई तारेखमा राख्नु । दिन इन्कार गरेमा ऐ.८० नं.बमोजिमको थुनुवा पुर्जी दिई थुनामा राख्न सम्बन्धित कारागार कार्यालयमा पठाईदिनु भन्ने यस अदालतबाट मिति २०७७।९।९ मा भएको आदेशानुसार प्रतिवादी प्रविण कुमार शर्माले मिति २०७९।११।८ मा ध.र.नं.२२२९ बाट धरौटी रु.१ लाख दाखिल गरी तारेखमा रहेका ।
१९. वकपत्र
क. प्रतिवादी रमेश कुमार भट्टराई सिधा इमान्दार व्यक्ति हुन् । त्यस संस्थामा लाय अराएको काम गर्ने कर्मचारी हुन् । सञ्चालक होईनन् । सञ्चालक समितिका कार्यकारी प्रमुख प्रविण कुमार शर्मा नै दोसो हुन् । रमेश कुमार भट्टराईको कुनै दोष छैन । निजले ठगी मुद्दाको अभियोगबाट सफाई पाउनु पर्दछ भन्ने समेत बेहोराको प्रतिवादी रमेश कुमार भट्टराईका साक्षी ईश्वरी प्रसाद भट्टराईले गरेको वकपत्र ।
ख. युनाइटेड बहुउद्देश्यीय सहकारी संस्थामा काम गर्ने दिपेन्द्र राजभण्डारीले हाउजिङ सम्बन्धी कामको रेखदेख गर्ने गर्दथे । प्रतिवादी प्रविण कुमार शर्माले आफ्नो सहकारी संस्थामा काम लगाएको थियो । यो ठगी मुद्दामा निजको कुनै कसुर छैन । सामान्य ज्यालादारी काम गर्ने व्यक्तिलाई भित्रका अन्य व्यक्तिले गल्ती गर्दा त्यस संस्थामा आवद्ध भएको कारण समेट्न पुगेको छ । तर यी व्यक्तिको त्यस संस्थाको रकम हिनामिनामा कुने कसुर छैन । निजले सफाई पाउनु पर्छ भन्ने समेत बेहोराको प्रतिवादी दिपेन्द्र राजभण्डारीका साक्षी जगत कुमार जोशीले गरेको वकपत्र ।
ग. मिति २०७६।१०।०२ गतेको जाहेरी दरखास्तमा भएको सहिछाप र बेहोरा समेत मेरो नै हो ।मेरो जम्मा रु.४,००,०००।-युनाइटेड सिटिजन सहकारी संस्था ठमेलमा बढी व्याजको लागि प्रतिवादी रमेश भट्टराईले प्रलोभन देखाई जम्मा गरेको हो । मेरो उक्त ठगी गरेको रकम प्रतिवादीबाट भराई लिन पाउनु पर्ने हो भन्ने समेत बेहोराको जाहेरवाला दिव्यलक्ष्मी बज्राचार्यले गरेको वकपत्र ।
घ. मिति २०७६।१०।०२ गतेको जाहेरी दरखास्तमा भएको सहिछाप र बेहोरा समेत मेरो नै हो । मेरो रु.१,००,०००।-रकम बाँकी थियो । उक्त युनाइटेड सिटिजन सहकारी संस्था ठमेलमा बढी व्याजको लागि प्रतिवादी रमेश भट्टराईले प्रलोभन देखाई जम्मा गरेको हो । मेरो उक्त ठगी गरेको रकम प्रतिवादीबाट भराई लिन पाउनु पर्ने हो भन्ने समेत बेहोराको जाहेरवाला रेणुका श्रेष्ठले गरेको वकपत्र ।
ङ. मिति २०७६।१०।०२ गतेको जाहेरी दरखास्तमा भएको सहिछाप र बेहोरा समेत मेरो नै हो । मैले जम्मा रु.१,५०,०००।- युनाइटेड सिटिजन सहकारी संस्था ठमेलमा जम्मा गरेको हुँ । साथिहरुले बढी व्याज पाइन्छ जम्मा गरौं भने अनुसार रकम जम्मा गरेको हुँ । उक्त संस्थाका कर्मचारी प्रतिवादी रमेश भट्टराईले पनि अरु सहकारीले जस्तो धोका दिदैनौं भन्नु भयो । मेरो उक्त रकम फिर्ता पाउनु पर्ने हो भन्ने समेत बेहोराको जाहेरवाला सुचिता राजभण्डारीले गरेको वकपत्र ।
अदालतको ठहरः
२०. नियम बमोजिम साप्ताहिक तथा दैनिक पेशी सूचीमा चढी निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान जिल्ला न्यायाधिवक्ता श्री रमेश भट्टराईले, प्रतिवादी प्रविण कुमार शर्माको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री राम बहादुर खड्काले, प्रतिवादी पन्ना श्रेष्ठ र ललिता राईको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री सुरेन्द्र कुमार खड्काले र विद्वान अधिवक्ता श्री प्रेम प्रसाद न्यौपानेले, प्रतिवादी रमेश कुमार भट्टराईको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री प्रेम राज कटुवालले र विद्वान अधिवक्ता श्री टिकाराम पोखरेलले, प्रतिवादी दिपेन्द्र राजभण्डारीको तर्फबाट उपस्थित विद्वान अधिवक्ता द्वय श्री नारायण प्रसाद भट्टराईले र श्री पुष्पा खड्काले र प्रतिवादी मनोज प्रसाद उपाध्यायको तर्फबाट उपस्थित विद्वान अधिवक्ता द्वय श्री अनिलराज शर्माले र श्री बसन्त नालामीले गर्नुभएको वहस समेत सुनी मिसिल संलग्न तथ्य प्रमाणहरुको अध्ययनबाट प्रतिवादीहरुले अभियोग दावी बमोजिम ठगीको कसूर गरेका हुन होइन ? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो।
२१. प्रतिवादीहरु प्रबिण कुमार शर्मा, रमेश कुमार भट्टराई, मनोज प्रसाद उपाध्याय, वसन्त कुमार श्रेष्ठ, ललिता राई, पन्ना श्रेष्ठ, राजेश कुमार साह र दिपेन्द्र राज भण्डारीलाई तत्काल प्रचलित मुलुकी ऐन, ठगीको महलको १ र ४ नं./हाल प्रचलित मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ उपदफा (१) र (२) बमोजिमको कसूरमा जम्मा विगो रु.६,५०,०००।- कायम गरी तत्काल प्रचलित मुलुकी ऐन, ठगीको महलको ४ नं./ हाल प्रचलित मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ उपदफा (३) को देहाय (ग) बमोजिम सजाय गरी तत्काल प्रचलित मुलुकी ऐन ठगीको महलको ४ नं./हाल प्रचलित मुलुकी अपराध संहिता, २०७४ को दफा २५४ बमोजिम जाहेरवालाहरुको जम्मा विगो रु.६,५०,०००।-समेतको क्षतिपूर्ती प्रतिवादीहरुबाट सम्बन्धित जाहेरवालाहरुलाई दिलाई भराइ अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम कसूरदारबाट पीडित राहतकोषमा क्षतिपूर्ति शुल्क जम्मा गराई पाउँ भन्ने समेत बेहोराको अभियोग माग दावी रहेको देखिन्छ।
२२. काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.२६ ठमेलमा रहेको श्री युनाईटेड सिटिजन्स बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका कार्यलय प्रमुख रमेश भट्टराईको बिश्वास र आश्वसनमा परी आफुहरुले खाई नखाई जम्मा गरेको रकम १ बर्षे फिक्स डिपोजिट गर्न लगाई मासिक १४ प्रतिसत ब्याज दिने गरी १ बर्ष अवधिको लागी डिपोजिट गरेकोमा जम्मा गरेको रकमको ब्याज लिन जाँदा कार्यालय प्रमुख नभेटिएकोले उक्त सहकारीका कर्मचारी सँग सोधपुछ गर्दा रकम जम्मा भएको छैन भनी सरहरु ऋण उठाउन जानु भएको छ पछी आउनुहोस भनेको र पछि प्रमुख रमेश भट्टराई र एसिस्टेण्ट मेनेजर प्रविन कुमार केसीलाई भेटी साँवा व्याज दिनु पर्यो भन्दा तपाईहरुको रकम सुरक्षित नै छ आत्तिनु पर्दैन, हामी चाँडै बोलाई फिर्ता गर्छौ भनी पटक पटक आलटाल गरी आएको र उक्त युनाइटेड सिटिजन्स बहुउद्देश्यीय सहकारीमा जाँदा अफिस बन्द भएको हुँदा उक्त संस्थाका संचालक एवं पदाधिकारीहरुले हाम्रो ठगी खाने उद्देश्यले लापत्ता बेपत्ता भएको हुँदा उक्त संस्थाका अध्यक्ष प्रविण कुमार शर्मा, रमेश कुमार भट्टराई समेतलाई आवश्यक कारवाही गरी आफूहरुले जम्मा गरेको विगो विगो रु.६,५०,०००।- र सो को व्याज समेत दिलाई भराइ पाउँ भन्ने समेत बेहोराको रेणुका श्रेष्ठ, सुचिता राजभण्डारी र दिव्यलक्ष्मी बज्राचार्यको जाहेरी दरखास्तबाट प्रस्तुत मुद्दाको उठान भएको देखिन्छ ।
२३. प्रतिवादीहरु प्रविण कुमार शर्मा, मनोज प्रसाद उपाध्याय, रमेश कुमार भट्टराई, ललिता राई, पन्ना श्रेष्ठ, दिपेन्द्र राज भण्डारी समेतले अदालत समक्ष बयान गर्दा आफूहरुले जाहेरवालाहरुको रकम ठगी नगरेको भनी आरोपित कसुरमा ईन्कार रही बयान गरेका देखिन्छ । जाहेरवालाहरुले अदालत समक्ष वकपत्र गर्दा मौकाको जाहेरी दरखास्त समर्थित बेहोरा उल्लेख गरेका र प्रतिवादीहरुका साक्षीले निज प्रतिवादीहरुको इन्कारी बयान बेहोरा समर्थित बेहोरा उल्लेख गरी अदालत समक्ष वकपत्र गरेको देखिन्छ ।
२४. उल्लेखित तथ्य रहेको प्रस्तुत मुद्दामा यसै सहकारीको यिनै प्रतिवादीहरु रहेको यसै लगाउको मुद्दा नं.०७४-CR-०९६३ को ठगी मुद्दामा आज यसै इजलासबाट ठगीमा अभियोग मागदावी पुग्न नसक्ने र लेनदेनमा परिणत हुने गरी फैसला भएकाले उक्त निर्णयमा लिएका आधार र प्रमाणका साथै प्रस्तुत मुद्दाको मिसिल संलग्न प्रमाणबाट अभियोग दावी पुष्टि नहुँदा प्रतिवादीहरुलाई विगो रु.६,५०,०००।-(छ लाख पचास हजार) कायम गरी साविक मुलुकी ऐन ठगीको महलको १ र ४ नं. का साथै हालको मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ उपदफा (१) र (२) बमोजिमको कसूरमा ऐ.को दफा २४९ (३) (ग) बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग मागदावी पुग्न नसक्ने ठहर्छ । प्रतिवादीहरु प्रविण कुमार शर्मा, रमेश कुमार भट्टराई, मनोज प्रसाद उपाध्याय, ललिता राई, पन्ना श्रेष्ठ र दिपेन्द्र राजभण्डारी समेतले सफाई पाउने ठहर्छ ।
२५. प्रस्तुत दावीको विषय लेनदेन संग सम्बन्धित हुँदा जाहेरवालाले यो फैसला अन्तिम भए पश्चात सकार गरेमा प्रस्तुत मुद्दाको मिसिलबाट लेनदेनमा कारवाही किनारा गर्ने गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४२ बमोजिम प्रस्तुत मुद्दा लेनदेनमा परिणत गरिदिएको छ । अरु तपसिल बमोजिम गर्नु।
तपसिल
• माथि ठहरखण्डमा लेखिए बमोजिम प्रतिवादीहरुले प्रस्तुत अभियोग दावीबाट सफाई पाउने र प्रस्तुत मुद्दा लेनदेनमा परिणत हुने ठहरी फैसला भएकाले प्रस्तुत मुद्दा अन्तिम भए पश्चात जाहेरवालाहरुलाई उपस्थित हुन आउनु भनी म्याद जारी गरी झिकाई मुद्दा सकार गरेमा प्रस्तुत मुद्दाको मिसिलबाट कानुन बमोजिम लेनदेन मुद्दाका कारवाही, किनारा गर्नको निमित्त लगत राख्नु.................................................................................................१
• प्रतिवादीहरुले यस अदालतको आदेश बमोजिम मुद्दा पुर्पक्षको क्रममा राखेको नगद धरौट प्रस्तुत मुद्दा लेनदेन तर्फ जाहेरवलाले सकार गरे उक्त लेनदेन मुद्दामा कारवाही किनारा हुँदा निर्णय भए बमोजिम हुने हुँदा हाल केही गरिरहनु परेन.....................................२
• प्रस्तुत फैसलाको प्रतिलिपि साथै राखी पुनरावेदनको म्याद सहित मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३2(4) बमोजिम फैसलाको जानकारी जिल्ला सरकारी वकील कार्यालय, काठमाडौंलाई दिनू.....................................................३
• मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३१(१०) बमोजिम फैसला प्रमाणीकरण भएको विवरण तयार गरी अदालतको सूचना पाटीमा टाँस गरी वेबसाइटमा समेत प्रकाशित गर्नू......................................................................................4
• सरोकारवालाले नक्कल मागे लाग्ने दस्तुर लिई नियमानुसार नक्कल दिनू......................5
•
![]() |
Notes is a web-based application for online taking notes. You can take your notes and share with others people. If you like taking long notes, notes.io is designed for you. To date, over 8,000,000,000+ notes created and continuing...
With notes.io;
- * You can take a note from anywhere and any device with internet connection.
- * You can share the notes in social platforms (YouTube, Facebook, Twitter, instagram etc.).
- * You can quickly share your contents without website, blog and e-mail.
- * You don't need to create any Account to share a note. As you wish you can use quick, easy and best shortened notes with sms, websites, e-mail, or messaging services (WhatsApp, iMessage, Telegram, Signal).
- * Notes.io has fabulous infrastructure design for a short link and allows you to share the note as an easy and understandable link.
Fast: Notes.io is built for speed and performance. You can take a notes quickly and browse your archive.
Easy: Notes.io doesn’t require installation. Just write and share note!
Short: Notes.io’s url just 8 character. You’ll get shorten link of your note when you want to share. (Ex: notes.io/q )
Free: Notes.io works for 14 years and has been free since the day it was started.
You immediately create your first note and start sharing with the ones you wish. If you want to contact us, you can use the following communication channels;
Email: [email protected]
Twitter: http://twitter.com/notesio
Instagram: http://instagram.com/notes.io
Facebook: http://facebook.com/notesio
Regards;
Notes.io Team
