NotesWhat is notes.io?

Notes brand slogan

Notes - notes.io

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को अनुसूची -१९

बमोजिम जिल्ला सरकारी वकील कार्यालय काठमाण्डौंमा पेश गरिएको अनुसन्धान प्रतिवेदन ।

आ.व.२०८२/०८३

मुद्दा दर्ता नं. ७७

दायरी मितिः २०८२।१०।२३ गते ।

मुद्दा शिर्षक :- विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर ।

१. कसूरको सूचना प्राप्त भएको वा उजूरी परेको मिति र समयः- २०८२।१०।२३ गते निर्वाचन आयोग, नेपालको प्राप्त पत्र ।

२. अनुसन्धान अधिकारीको नाम र दर्जा: प्रहरी निरीक्षक सुन्दर चौलागाई।

३. सूचना दिने व्यक्तिको नाम र ठेगाना: निर्वाचन आयोग, नेपाल ।

४. जाहेरी दरखास्त वा सूचनाको छोटकरी विवरण :-

क. निर्वाचन आयोग नेपालबाट प्राप्त पत्रको छोटकरी विवरण :-

सामाजिक संजालमा श्री दुर्गा प्रसाई नामक व्यक्तिबाट प्रतिनीधि सभा सदस्य निर्वाचन, २०८२ का सन्दर्भमा स्वीकृत निर्वाचन आचार संहिता, २०८२ को दफा ४ (थ) को बर्खिलाप हुने गरी तथा विद्युतिय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुर समेत हुने गरी निजले आफ्नो अभिव्यक्ति सहितको श्रब्यदृष्य सामाग्री सार्वजनिक गरेको देखिदा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ तथा विद्युतिय कारोबार ऐन, २०६३ बमोजिम अनुसन्धान तथा कारवाही गरी सो को जानकारी आयोगको ईमेल ([email protected]) मा पठाउनु हुन निर्णयानुसार अनुरोध छ भन्ने समेत व्यहोराको निर्वाचन आयोग, नेपालको च. नं. ०८२।०८३।१६६, मिति २०८२।१०।२३ गतेको प्राप्त पत्र ।

ख. प्राविधिक प्रहरी प्रतिवेदनको छोटकरी विवरण :-

दुर्गा प्रसाईबाट प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का सन्दर्भमा स्वीकृत निर्वाचन आचार संहिता, २०८२ को दफा ४ (थ) को बर्खिलाप हुने गरी तथा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसूर समेत हुने गरी निजले आफ्नो अभिव्यक्ति सहितको श्रव्यदृष्य सामग्री सार्वजनिक गरेको देखिदा निर्वाचन (कसूर तथा

सजाय) ऐन, २०७३ तथा विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम अनुसन्धान तथा कारबाही गरी सो को जानकारी आयोगको ईमेलमा पठाउनुहुन निर्णयानुसार अनुरोध छ, भन्ने सम्मानित आयोगको च.नं. ०८२/८३/१६६, मिति २०८२/१०/२३ गतेको पत्रमा सामाजिक सञ्जालको लिङ्कहरूको विवरण समेत उल्लेख भएको पत्र प्राप्त हुन आएकोले सो सम्बन्धमा अनुसन्धान गरी प्रतिवेदन पेश गर्न हुन भन्ने यस कार्यालयको मौखिक आदेश भएकोमा, सम्मानित निर्वाचन आयोग नेपालको पत्रमा उल्लेखित https://www.facebook.com/reel/893005200108325 लिङ्ङ्कलाई ईन्टरनेटको माध्यमबाट खोजी गरी हेर्दा, सो लिङ्ङ्कमा दुर्गाप्रसाद प्रसाईले "यो वारपार गर्ने भनेको के हो भन्दाखेरि किरात, बौद्धसहितको वैदिक सनातन हिन्दू अधिराज्य, जहाँ मुस्लिम, जहाँ बौद्ध, जहाँ हिन्दूहरू सबै जातजाति, वर्गका धर्महरू मान्ने मान्छेहरू र समुदायहरूको संरक्षण हुने गरी हामीलाई राजसंस्था र हिन्दू अधिराज्यको आवश्यकता भएकोले यो चुनाव भन्दा पहिला, यो नाटकीय ढंगले जुन विदेशीको इसारामा गर्न खोजिएको जुन चुनाव छ र सेना परिचालन गरेर एक महिना अगाडि नै सेना परिचालन गरेर जुन चुनाव गरिंदैछ, यस्तो चुनाव राजा ज्ञानेन्द्रले पनि ५८ साल माघ १९ गते सत्ता 'कू' गरेर चुनाव गराएको थियो तर त्यो चुनाव सेना प्रयोग गरेर गरेको चुनाव टिकेन। त्यसले गर्दा यो पनि सिंहदरबार, सर्वोच्च अदालत जस्ता सम्पदाहरू र नेपाल भरिका गाविस, थाना र उद्योगी व्यवसायीहरूका घरघरमा आगो लगाएर र ७५ जना बच्चाको जुन रगतमा होली खेलेर सत्ता 'कू' गरेर (यो पनि सत्ता नै 'कू' हो) जुन एक महिना अगाडि नै सेना प्रयोग गरेर जुन चुनाव गराइँदैछ, यो चुनाव कस्तो चुनाव हुँदैछ, कसका लागि यो चुनाव गराईदैछ, यो कुरा नेपाली जनताले बुझ्न जरुरी छ। त्यसैले पहिला हिन्दू अधिराज्य र राजसंस्था कायम गरौं, त्यस पछाडि चुनावमा जाऔं म भन्न चाहन्छु", https://www.facebook.com/reel/1250206253674294 लाई खोजी गरी हेर्दा, सो लिङ्कमा "हिन्दू राष्ट्र र राजसंस्था कायम नहुन्जेल यो देशमा चुनाव हुँदैन", "जबसम्म हिन्दू राष्ट्र र राजसंस्था कायम हुँदैन, चुनाव हुँदैन !" तथा https://www.facebook.com/reel/1584055289570541 को लिङ्ङ्कलाई समेत खोजी गरी हेर्दा, सो लिङ्कमा समेत "एकपटक मर्ने चोला हो, भाई! पटक-पटक मर्ने होइन । म यिनीहरूजस्तो नामर्द भएर मर्नेवाला छैन। मर्ने, झुण्डिएरै मर्ने, गोली खाएरै मर्ने, तर नेपाल र नेपालीको लागि। यो कुरा बुझ्दा हुन्छ। दानबहादुर कार्की आई.जी.पी.ले पनि बुझ्दा हुन्छ, यहाँको एस.एस.पी. साबले बुझ्दा पनि हुन्छ, जसले बुझ्दा पनि हुन्छ। तपाईहरू के बुझ्नुस् भने हाम्रो आन्दोलन रोकिँदैन, यो चुनाव हुँदैन। यो चुनाव गर्न दिइँदैन। यो चुनाव गरियो भने नि, हाम्रो देश टुक्रिन्छ। मैले पटक-पटक...." भन्ने शब्दमा बोल्दै गरेको श्रव्यदृष्य सामग्री (भिडियो) सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरी नेपाल सरकारले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ फागुन २१ गते गर्ने भनि सम्पूर्ण तयारी गरी सकेको अवस्थामा निर्वाचन कार्यलाई प्रभावित पार्ने गरी यो चुनाव हुँदैन । यो चुनाव गर्न दिइँदैन। यो चुनाव गरियो भने नि, हाम्रो देश टुक्रिन्छ भनि बिभिन्न भ्रामक अभिव्यक्तिहरूको श्रव्यदृश्य (भिडियो) सामाजिक सञ्जालहरू मार्फत सार्वजनिक गरी विद्युतीय स्वरुपमा गैरकानूनी कुरा प्रकाशित गरेको हुँदा, झापा जिल्ला साबिक शनिश्चरे गा.बि.स. वडा नं. ७ हाल परिवर्तित ऐ जिल्ला बिर्तामोड नगरपालिका वडा नम्बर ५ भई हाल जिल्ला भक्तपुर, मध्यपुर ठीमि नगरपालिका वडा नम्बर ६ निकोशेरा बस्ने कृष्ण प्रसाद प्रसाईको छोरा बर्ष ५३ को दुर्गाप्रसाद प्रसाईलाई कानून बमोजिम गरी पाँऊ भनि यो प्रतिवेदन लेखि पेश गरेको छु, श्रीमानको जो आदेश।

साथै,https://www.facebook.com/reel/893005200108325.https://www.facebook.com/reel/1250 206253674294 https://www.facebook.com/reel/1584055289570541 लिङ्कमा

प्रसारित

भिडियोहरूलाई संलग्न गरी राखेको DVD थान-१ यसै प्रतिवेदनसाथ पेश गरेको छु भन्ने समेत व्यहोराको प्रा.प्र.ना.नि. सुदिप देउलाको प्राविधिक प्रतिवेदन।

कसूर घटेको मिति, समय र ठाँउ मिति २०८२।१०।२३ गते सम्मानित निर्वाचन आयोग नेपालबाट पत्र प्राप्त हुन आएको।

5. कसूरबाट पीडित व्यक्तिको सनाखत भएको मिति र समय :- मिति २०८२।१०।२३ गते ।

७. कसूरदार पक्राउ भएको मिति, समय र स्थान:- मिति २०८२।१०।२३ गतेका दिन जिल्ला काठमाण्डौं दक्षिणकाली न.पा. वडा नं. १ चाल्नाखेल स्थितबाट पक्राउ गरिएको ।

८. कसूरदारको नामथर, उमेर, वतन (टोल समेत) :-

झापा जिल्ला, साबिक शनिश्चरे गा.बि.स. वडा नं. ७ हाल परिवर्तित ऐ जिल्ला बिर्तामोड नगरपालिका वडा नम्बर ५ भई हाल जिल्ला भक्तपुर, मध्यपुर ठीमि नगरपालिका वडा नम्बर ६ निकोशेरा बस्ने बर्ष ५३ को दुर्गाप्रसाद प्रसाई...... प्रतिवादी ।

९. कसूरदारको बाबु, आमाको नामथर र वतन :-

बुवाको नामथर र वतनः- झापा जिल्ला साबिक शनिश्चरे गा.बि.स. वडा नं. ७ हाल परिवर्तित ऐ जिल्ला बिर्तामोड नगरपालिका वडा नम्बर ५ वतन हुने कृष्ण प्रसाद प्रसाई।

आमाको नामथर र वतनः ऐ.ऐ. वतन हुने कौशिला देवी प्रसाई।

१०. अभियुक्तले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयानको छोटकरी विवरणः-

राष्ट्र राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महा अभियानको केन्द्रीय संयोजकको रूपमा कार्य गर्दै आएको छु, साथै मेडिकल व्यवसायीको रूपमा समेत काम गर्दै आईरहेको छु, म नेपाली नागरिक भएको हुँदा बिगत ३४ बर्ष देखि नेपालमा निर्वाचन भएको पनि देखे, नेपालमा विदेशी हस्तक्षेप कस्तो हुदो रहेछ भन्ने कुरा पनि देखे, जेन्जी आन्दोलनको क्रममा सिंहदरबार र सर्वोच्च अदालत देखि देश भरीको प्रहरी थाना, अड्‌डा अदालत, सरकारी कार्यालयहरू, व्यक्तिका घर तथा पसलहरू समेत आगजनी गरी अन्दाजी ८२ खर्ब भन्दा माथिको जनधनको क्षति गरेर नियमित २०८४ को चुनावलाई २०८२ मा मध्यावधी चुनाव गर्न आबश्यक थिएन, त्यसो भएको हुनाले निर्वाचनको आवश्यकता नहुदा नहुदै २०८२ साल फाल्गुन २१ गते नेपाल सरकारले निर्वाचन गर्ने कार्य तालिका घोषणासमेत गरी निर्वाचन गराउन लागेको हुँदा, सो कुराको विरोध जनाई, मलाई संविधानले प्रदान गरेको मौलिक हक, अधिकारको प्रयोग गरी, किराँत, बौद्धसहितको वैदिक सनातन हिन्दू अधिराज्य, जहाँ मुस्लिम, जहाँ बौद्ध, जहाँ हिन्दूहरू सबै जातजाति, वर्गका धर्महरू मान्ने मान्छेहरू र समुदायहरूको संरक्षण हुने गरी हामीलाई राजसंस्था र हिन्दु अधिराज्यको आवश्यकता भएकोले यो चुनाव भन्दा पहिला, यो नाटकीय ढंगले जुन विदेशीको इशारामा गर्न खोजिएको जुन चुनाव छ र सेना परिचालन गरेर एक महिना अगाडि नै सेना परिचालन गरेर जुन चुनाव गरिँदैछ, यस्तो चुनाव राजा ज्ञानेन्द्रले पनि ५८ साल माघ १९ गते सत्ता 'कू' गरेर चुनाव गराएको थियो तर त्यो चुनाव सेना प्रयोग गरेर गरेको चुनाव टिकेन । त्यसले गर्दा यो पनि सिंहदरबार, सर्वोच्च अदालत जस्ता सम्पदाहरू र नेपाल भरिका गाविस, थाना र उद्योगी व्यवसायीहरूका घरघरमा आगो लगाएर र ७५ जना बच्चाको जुन रगतमा होली खेलेर सत्ता 'कू' गरेर (यो पनि सत्ता नै 'कू' हो) जुन एक महिना अगाडि नै सेना प्रयोग गरेर जुन चुनाव गराइँदैछ, यो चुनाव कस्तो चुनाव हुँदैछ, कसका लागि यो चुनाव गराइँदैछ, यो कुरा नेपाली जनताले बुझ्न जरुरी छ । त्यसैले पहिला हिन्दू अधिराज्य र राजसंस्था कायम गरौं, त्यस पछाडि चुनावमा जाऔं म भन्न चाहन्छु", "हिन्दू राष्ट्र र राजसंस्था कायम नहुन्जेल यो देशमा चुनाव हुँदैन", "जबसम्म हिन्दू राष्ट्र र राजसंस्था कायम हुँदैन, चुनाव हुँदैन !",

E

"एकपटक मर्ने चोला हो, भाई! पटक-पटक मर्ने होइन। म यिनीहरूजस्तो नामर्द भएर मर्नेवाला छैन । मर्ने, झुण्डिएरै मर्ने, गोली खाएरै मर्ने, तर नेपाल र नेपालीको लागि। यो कुरा बुझ्दा हुन्छ। दानबहादुर कार्की आई.जी.पी.ले पनि बुझ्दा हुन्छ, यहाँको एस.एस.पी साबले बुझ्दा पनि हुन्छ, जसले बुझ्दा पनि हुन्छ। तपाईहरू के बुझ्नुस् भने हाम्रो आन्दोलन रोकिँदैन, यो चुनाव हुँदैन। यो चुनाव गर्न दिइँदैन। यो चुनाव गरियो भने नि, हाम्रो देश टुक्रिन्छ। मैले पटक-पटक..." भन्ने लगायतको शब्दहरूको प्रयोग गरी श्रव्यदृष्य रूपमा विभिन्न सामाजिक सञ्जालहरूमा मैले अभिव्यक्तिहरू दिएको हुँ, सोही विषयमा निर्वाचन आयोगले निर्वाचन आचार संहितको बर्खिलाप भयो भनि, निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ तथा विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम अनुसन्धान तथा कारबाहीको लागि साईबर व्यूरोमा पत्र पठाएकोमा सोको अनुसन्धानको लागि काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति समेत लिई, मलाई नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोको टोलीले मिति २०८२/१०/२३ गतेका दिन का.जि.दक्षिणकाली न.पा.वडा नं.१ चाल्नाखेल स्थितबाट पक्राउ गरी ल्याएको हो भन्ने समेत ब्यहोराको प्रतिवादी दुर्गाप्रसाद प्रसाईको बयान कागज ।

११. कसूरसँग सम्बन्धित माल सामान फेला परेको ठाँउ :- फेला नपरेको।

१२. कसूरबाट पीडित व्यक्तिको नाम, थर, उमेर तथा ठेगाना :-

१३. कसूर गर्दा प्रयोग गरिएको साधन वा हातहतियारः- विद्युतीय उपकरण लगायत ईन्टरनेट ।

१४. घटनाको कारण र कसूरदारको मनसायः निर्वाचन आचार संहिता विपरित श्रव्यदृष्य सामग्री सार्वजनिक गरेको ।

१५. खानतलासी/ बरामदी मुचुल्काको छोटकरी व्यहोरा :-

जिल्ला काठमाण्डौं दक्षिणकाली न.पा. वडा न. १ चाल्नाखेल स्थित पुर्वमा प्रहरी प्रभाग चाल्नाखेलको भवन, पश्चिममा सुनिल बिष्टको पक्की घर, उत्तर र दक्षिणमा बल्खु दक्षिणकाली मुल सडक रहि यति चार किल्ला भित्र रहेको सडक किनारामा विद्युतिय कसुरमा वारदातमा पश्चात फरार रहेका प्रतिवादी दुर्गाप्रसाद प्रसाईलाई साईबर ब्युरो भोटाहिटी समेतबाट खटिएका प्रहरी अधिकृत सहितको प्रहरी टोलीले निज प्रतिवादी दुर्गाप्रसाद प्रसाईलाई फेला पारी पक्राउ पुर्जी थमाई नियन्त्रणमा लिई खानतलासी पुर्जी दिई शरीर समेतको तलासी गर्दा निज प्रतिवादीको साथबाट विद्युतिय कसुरमा प्रमाण लाग्ने दशी प्रमाण फेला नपरेको र निज प्रतिवादीलाई प्रहरीले पक्राउ गरी लिई गएको खानतलासी बरामदी मुचुल्काको चार किल्ला सहितको बिवरण ठिक साँचो छ ।

१६. अनुसन्धान अधिकारीको प्रस्तावित राय र सजायको मागदावीः-

प्रस्तुत मुद्दामा अनुसन्धानको सिलसिलामा हाल सम्म मिसिल संलग्न हुन आएको सम्मानित निर्वाचन आयोग, नेपालको प्राप्त पत्र, सो साथ संलग्न सामाजिक संजालको Link को बिवरण, स्क्रिनसटका कागजातहरू, प्रहरी प्रतिवेदन, सो साथ संलग्न DVD, तत्कालिन समयमा पक्राउ परेका प्रतिवादी दुर्गाप्रसाद प्रसाईको बयान कागज, घटना सम्बन्धमा देख्ने सुन्ने मानिसले गरी दिएको घटना विवरण कागज समेतको आधार प्रमाणबाट, प्रतिवादी दुर्गाप्रसाद प्रसाईले विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूर अपराध गरेको वारदात स्थापित हुन आयो।

अब, यसमा निज प्रतिवादीले के-कसरी उक्त वारदात घटाएका हुन र निजलाई के-कुन कसूर अन्तर्गत सजायको मागदावी लिने होला त ! भन्ने तर्फ हाल सम्म मिसिल संकलित कागजातहरू र दशी प्रमाण समेतको अध्ययन मनन गरी उचित राय दिने तर्फ विचार गर्दा, सामाजिक संजालमा दुर्गा प्रसाई नामक व्यक्तिबाट प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का सन्दर्भमा स्वीकृत निर्वाचन आचार संहिता, २०८२ को दफा ४ (थ) को बर्खिलाप हुने गरी तथा विद्युतिय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुर समेत हुने गरी निजले

TV

BNल

A



له

M

आफ्नो अभिव्यक्ति सहितको श्रब्यदृष्य सामाग्री सार्वजनिक गरेको देखिदा निर्वाचन (कसुर तथा सजाय) ऐन,

२०७३ तथा बिद्युतिय कारोबार ऐन, २०६३ बमोजिम अनुसन्धान तथा कारवाही गर्न हुन भन्ने समेत व्यहोराको सम्मानित निर्वाचन आयोग, नेपालबाट पत्र प्राप्त हुन आई प्रस्तुत मुद्दाको प्रारम्भिक अनुसन्धान शुरू भएकोमा, सो सम्बन्धमा अनुसन्धान गर्ने क्रममा, "हिन्दू राष्ट्र र राजसंस्था कायम नहुन्जेल यो देशमा चुनाव हुँदैन", "जबसम्म हिन्दू राष्ट्र र राजसंस्था कायम हुँदैन, चुनाव हुँदैन ।" तथा "एकपटक मर्ने चोला हो, भाई! पटक-पटक मर्ने होइन । म यिनीहरूजस्तो नामर्द भएर मर्नेवाला छैन। मर्ने, झुण्डिएरै मर्ने, गोली खाएरै मर्ने, तर नेपाल र नेपालीको लागि। यो कुरा बुझ्दा हुन्छ । दानबहादुर कार्की आई.जी.पी.ले पनि बुझ्दा हुन्छ, यहाँको एस.एस.पी. साबले बुझ्दा पनि हुन्छ, जसले बुझ्दा पनि हुन्छ। तपाईहरू के बुझ्नुस् भने हाम्रो आन्दोलन रोकिँदैन, यो चुनाव हुँदैन । यो चुनाव गर्न दिइँदैन । यो चुनाव गरियो भने नि, हाम्रो देश टुक्रिन्छ। मैले पटक-पटक.." " भन्ने शब्दमा बोल्दै गरेको श्रव्यदृष्य सामग्री (भिडियो) विभिन्न लिङ्कमा सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरी नेपाल सरकारले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ फागुन २१ गते गर्ने भनि सम्पूर्ण तयारी गरी सकेको अवस्थामा निर्वाचन कार्यलाई प्रभावित पार्ने गरी यो चुनाव हुँदैन। यो चुनाव गर्न दिइँदैन। यो चुनाव गरियो भने नि, हाम्रो देश टुक्रिन्छ भनि बिभिन्न भ्रामक अभिव्यक्तिहरूको श्रव्यदृश्य (भिडियो) सामाजिक सञ्जालहरू मार्फत सार्वजनिक गरी विद्युतीय स्वरुपमा गैरकानूनी कुरा प्रकाशित गरेको हुँदा, झापा जिल्ला साबिक शनिश्चरे गा.बि.स. वडा नं. ७ हाल परिवर्तित ऐ जिल्ला बिर्तामोड नगरपालिका वडा नम्बर ५ भई हाल जिल्ला भक्तपुर, मध्यपुर ठीमि नगरपालिका वडा नम्बर ६ निकोशेरा बस्ने कृष्ण प्रसाद प्रसाईको छोरा बर्ष ५३ को दुर्गाप्रसाद प्रसाईलाई कानून बमोजिम गरी पाँऊ भन्ने समेत व्यहोराको प्रतिवेदन समेत प्राप्त हुन आई निज प्रतिवादी दुर्गाप्रसाद प्रसाईको विरूद्दमा मुद्दा दर्ता गरी, कानूनी रितपूर्वक पक्राउ परी दाखिला हुन आएका निज प्रतिवादीले अधिकार प्राप्त अधिकारी समक्ष खुलाई लेखाई दिएको बयान कागजमा, निर्वाचनको आवश्यकता नहुदा नहुदै २०८२ साल फाल्गुन २१ गते नेपाल सरकारले निर्वाचन गर्ने कार्य तालिका घोषणासमेत गरी निर्वाचन गराउन लागेको हुँदा, सो कुराको विरोध जनाई, मलाई संविधानले प्रदान गरेको मौलिक हक, अधिकारको प्रयोग गरी, सिंहदरबार, सर्वोच्च अदालत जस्ता सम्पदाहरू र नेपाल भरिका गाविस, थाना र उद्योगी व्यवसायीहरूका घरघरमा आगो लगाएर र ७५ जना बच्चाको जुन रगतमा होली खेलेर सत्ता 'कू' गरेर (यो पनि सत्ता नै 'कू' हो) जुन एक महिना अगाडि नै सेना प्रयोग गरेर जुन चुनाव गराइँदैछ, यो चुनाव कस्तो चुनाव हुँदैछ, कसका लागि यो चुनाव गराइँदैछ, यो कुरा नेपाली जनताले बुझ्न जरुरी छ । “हिन्दू राष्ट्र र राजसंस्था कायम नहुन्जेल यो देशमा चुनाव हुँदैन", "जबसम्म हिन्दू राष्ट्र र राजसंस्था कायम हुँदैन, चुनाव हुँदैन !", यो चुनाव गर्न दिइँदैन। यो चुनाव गरियो भने नि, हाम्रो देश टुक्रिन्छ । मैले पटक-पटक..." भन्ने लगायतको शब्दहरूको प्रयोग गरी बोलेको श्रव्यदृष्य सामाग्री विभिन्न सामाजिक सञ्जालहरूमा मैले अभिव्यक्तिहरू दिएको हुँ" भनि कसुर गरेको कुरालाई स्वीकार गरी प्रतिवादी दुर्गाप्रसाद प्रसाईले साविति बयान दिएको अबस्था छ, यसै गरी घटना सम्बन्धमा बुझिएको मानिसले खुलाई लेखाई दिएको कागजमा, बिभिन्न भ्रामक अभिव्यक्तिहरूको श्रव्यदृश्य (भिडियो) सामाजिक सञ्जालहरू मार्फत सार्वजनिक गरी विद्युतीय स्वरुपमा गैरकानूनी कुरा प्रकाशित गरेको हुनाले निज प्रतिवादी दुर्गाप्रसाद प्रसाईलाई कानून बमोजिम गरी पाँऊ भन्ने समेत ब्यहोराको हस्तलाल लामाको घटना बिवरण कागज समेतको आधार प्रमाणबाट प्रतिवादी दुर्गाप्रसाद प्रसाईले उल्लेखित आपराधिक कार्य गरेको झनै प्रष्ट भएको देखिन्छ।

अतः उल्लेखित आधार प्रमाणहरूबाट प्रतिवादी दुर्गाप्रसाद प्रसाईले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का सन्दर्भमा स्वीकृत निर्वाचन आचार संहिता, २०८२ को बर्खिलाप हुने गरी, तत्कालीन



समयमा यो चुनाव हुदैन, हुन दिईदैन, यो चुनाव गरियो भने नि, हाम्रो देश टुक्रिन्छ। मैले पटक-पटक..." भन्ने लगायतका शब्दहरु प्रयोग गरी भ्रामक अभिव्यक्ति दिई सो अभिव्यक्तिको श्रव्यदृष्य सामाग्रीहरू सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरी गराई विद्युतीय सञ्चार माध्यमहरूमा प्रचलित कानूनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू प्रकाशन, प्रदर्शन लगायतका अमर्यादित कार्य गरी विद्युतीय (ईलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ को परिच्छेद-९ को दफा ४७ को उपदफा (१) बमोजिमको कसूरजन्य कार्य गरेकोले निज दुर्गाप्रसाद प्रसाईलाई सोहि ऐन बमोजिम कारवाहीको मागदावी लिई दिन हुन सादर अनुरोध गरिएको छ।

साथै, अनुसन्धानको क्रममा प्रतिवादी दुर्गाप्रसाद प्रसाईको अपराधिक अभिलेख (CRS) चेकजाँच गर्दा, निज उपर तालुक केन्द्रीय अनुसन्धान ब्यूरो, लाजिम्पाट काठमाडौंबाट ठगी तथा आपराधिक लाभ सम्बन्धी अपराध र बैंकिङ कसूर, जिल्ला प्रहरी परिसर काठमाडौँबाट आपराधिक प्रवेश तथा आपराधिक उपद्रव सम्बन्धी कसूर र संगठित अपराध सम्बन्धी कसुर, यस ब्यूरोबाट विद्युतीय (ईलेक्ट्रोनिक) कारोवार सम्बन्धि कसूरमा मुद्दा चलेको देखिन आई सो सम्बन्धमा सम्बन्धित तालुक तथा सम्बद्ध प्रहरी कार्यालयहरूसँग फैसलाको विवरण माग गरिएकोमा केही कार्यालयहरूबाट प्राप्त विवरणहरूमा मुद्दा चालु अबस्थामा रहेको मिसिल संलग्न कागजातहरूबाट देखिएको हुँदा सोही व्यहोरा जानकारीको लागि सादर अनुरोध गरिएको छ।

साथै, प्रतिवादी दुर्गाप्रसाद प्रसाईलाई ताहाँ कार्यालयको च.नं.२८३ मिति २०८२/१०/२५ गतेको लिखित निर्देशन अनुसार निजलाई सोही मितिमा निजको छोरा निराजन प्रसाईको जिम्मा जमानीमा छाडिएको हुँदा, निजको हकमा कानून बमोजिम गरी पाउन सादर अनुरोध गरिएको छ, प्रस्तुत मुद्दाको वारदातमा अन्य कोही कसैको संलग्नता रहेको छ भनि पछि खुलि आएका बखत सो समेत कानुन बमोजिम हुने गरी मागदावी लिईदिन हुन समेत सादर अनुरोध गरिएको छ।

१७. क्षतिपूर्ति भराउने भए को-कसलाई कति क्षतिपूर्ति भराउनु पर्ने हो सोको विवरण :-

१८. कसुरको बारेमा थाहा पाउने साक्षीहरुको नामथर, वतन र निजहरुले अनुसन्धान अधिकारी समक्ष गरेको

कागजको संक्षिप्त विवरण :-

क. जिल्ला दोलखा मेलुङ गाउँपालिका वडा नं. ०४ स्थायी वतन भई हाल जिल्ला का.म.न.पा. वडा नं. ०७ चावहिल बस्ने दावा लामाको छोरा बर्ष ४२ का हस्तलाल लामाले गरी दिएको घटना विवरण कागज :-

सामाजिक सञ्जालहरु, टि.भी. लगायतका विद्युतीय सञ्चार उपकरणहरुमा भने निजलाई देख्दै आएको थिए । त्यस्तैमा, मैले प्रयोग गर्ने सामाजिक संजाल फेसबुक हेर्दै जाने क्रममा, निज दुर्गा प्रसाद प्रसाईले, "यो वारपार गर्ने भनेको के हो भन्दाखेरि-किरात, बौद्ध सहितको वैदिक सनातन हिन्दू अधिराज्य, जहाँ मुस्लिम, जहाँ बौद्ध, जहाँ हिन्दूहरू सबै जातजाति, वर्गका धर्महरू मान्ने मान्छेहरू र समुदायहरूको संरक्षण हुने गरी हामीलाई राजसंस्था र हिन्दू अधिराज्यको आवश्यकता भएकोले यो चुनाव भन्दा पहिला, यो नाटकीय ढंगले जुन विदेशीको इसारामा गर्न खोजिएको जुन चुनाव छ र सेना परिचालन गरेर एक महिना अगाडि नै सेना परिचालन गरेर जुन चुनाव गरिँदैछ, यस्तो चुनाव राजा ज्ञानेन्द्रले पनि ५८ साल माघ १९ गते सत्ता 'कू' गरेर चुनाव गराएको थियो तर त्यो चुनाव सेना प्रयोग गरेर गरेको चुनाव टिकेन । त्यसले गर्दा यो पनि सिंहदरबार, सर्वोच्च अदालत जस्ता सम्पदाहरू र नेपाल भरिका गाविस, थाना र उद्योगी व्यवसायीहरूका घरघरमा आगो

Ta ya

U

2

६ लगाएर र ७५ जना बच्चाको जुन रगतमा होली खेलेर सत्ता 'कू' गरेर (यो पनि सत्ता नै 'कू' हो) जुन एक महिना अगाडि नै सेना प्रयोग गरेर जुन चुनाव गराइँदैछ, यो चुनाव कस्तो चुनाव हुँदैछ, कसका लागि यो चुनाव गराइँदैछ, यो कुरा नेपाली जनताले बुझ्न जरुरी छ। त्यसैले पहिला हिन्दू अधिराज्य र राजसंस्था कायम गरौं, त्यस पछाडि चुनावमा जाऔं म भन्न चाहन्छु" भनि बोल्दै गरेको भिडियो मैले देखेको थिंए। त्यसरी नै, निजै दुर्गा प्रसाद प्रसाईले, "हिन्दू राष्ट्र र राजसंस्था कायम नहुन्जेल यो देशमा चुनाव हुँदैन", "जबसम्म हिन्दू राष्ट्र र राजसंस्था कायम हुँदैन, चुनाव हुँदैन !" भनि बोलेको अर्को भिडियो समेत देखेको थिए । साथै, निज प्रतिवादीले, "एकपटक मर्ने चोला हो, भाई! पटक-पटक मर्ने होइन । म यिनीहरूजस्तो नामर्द भएर मर्नेवाला छैन । मर्ने, झुण्डिाएरै मर्ने, गोली खाएरै मर्ने, तर नेपाल र नेपालीको लागि। यो कुरा बुझ्दा हुन्छ । दानबहादुर कार्की आई.जी.पी.ले पनि बुझ्दा हुन्छ, यहाँको एस.एस.पी. साबले बुझ्दा पनि हुन्छ, जसले बुझ्दा पनि हुन्छ । तपाईहरू के बुझ्नुस् भने हाम्रो आन्दोलन रोकिँदैन, यो चुनाव हुँदैन। यो चुनाव गर्न दिइँदैन। यो चुनाव गरियो भने नि, हाम्रो देश टुक्रिन्छ । मैले पटक-पटक..." भनि बोलेको भिडियो समेत मैले देखेको थिए । यसरी विभिन्न भ्रामक अभिव्यक्तिहरूको श्रव्यदृश्य (भिडियो) सामाजिक सञ्जालहरू मार्फत सार्वजनिक गरी विद्युतीय स्वरुपमा गैरकानूनी कुरा प्रकाशित गरेको हुनाले निज प्रतिवादी दुर्गाप्रसाद प्रसाईलाई कानून बमोजिम गरी पाँऊ।

१९. कसूरसंग सम्बन्धित भौतिक सबूद प्रमाण :-

क. निर्वाचन आयोग, नेपालबाट प्राप्त पत्रसाथ प्राप्त भएको स्क्रिनसट कागजातहरु मिसिल साथ संलग्न रहेको छ।

ख. प्रहरी प्रतिवेदनसाथ संलग्न DVD थान-१ मिसिल संलग्न रहेको छ।

२०. अन्य केही कुरा उल्लेख गर्नु पर्ने भए सोको विवरण :-

क) प्रतिवादी दुर्गाप्रसाद प्रसाई उपर यस भन्दा अगाडि तालुक केन्द्रीय अनुसन्धान व्यूरो, लाजिम्पाट काठमाडौंबाट ठगी तथा आपराधिक लाभ सम्बन्धी अपराध र बैंकिङ कसूर, जिल्ला प्रहरी परिसर काठमाडौंबाट आपराधिक प्रवेश तथा आपराधिक उपद्रव सम्बन्धी कसूर र संगठित अपराध सम्बन्धी कसुर, यस ब्यूरोबाट विद्युतीय (ईलेक्ट्रोनिक) कारोवार सम्बन्धि कसूरमा मुद्दा चलेको देखिएको हुँदा सोही व्यहोरा जानकारीको लागि सादर अनुरोध गरिएको छ।

ख) प्रतिवादी दुर्गाप्रसाद प्रसाईलाई ताहाँ कार्यालयको च.नं. २८३ मिति २०८२/१०/२५ गतेको लिखित निर्देशन अनुसार निज प्रतिवादीलाई सोही मितिमा निजको छोरा निराजन प्रसाईको जिम्मा जमानीमा छाडिएको हुँदा, निजको हकमा कानून बमोजिम गरी पाउन सादर अनुरोध गरिएको छ।

ग) प्रस्तुत मुद्दाको वारदातमा अन्य कोही कसैको संलग्नता रहेको छ भनि पछि खुलि आएका बखत सो समेत कानुन बमोजिम हुन समेत मागदावी लिईएको छ।

२१. प्रस्तुत कागजातहरुको सिलसिलेवार विवरण :-

१. मिति २०८२/१०/२३ गतेको निर्वाचन आयोगको पत्र समेत ।

२. ऐ. गतेको प्राविधिक प्रतिबेदन समेत पाना-२ र DVD थान-१।

३. ऐ. गतेको अ.अ.तोकेको पत्र समेत पाना-२।

४. ऐ. गतेको प्रारम्भिक प्रतिबेदन पाना-१।

५. ऐ. गतेको काठमाडौं जिल्ला अदालतबाट प्राप्त पक्राउ अनुमती पाना-२।

६. ऐ. गतेको पक्राउ पुर्जी पाना-१।

4

62

R

TYथ

2

मFT

P

Gन

ऐ. गतेको खानतलाशी पुर्जी पाना-१।

ऐ. गतेको खानतलाशी बरामदी मुचुल्का समेत पाना-४।

९ ऐ. गतेको स्वास्थ्य परीक्षणको लागि लेखिएको पत्र र प्रतिवेदन समेत पाना-२ ।

१० ऐ. गतेको थुनुवा पुर्जी पाना-१।

११. ऐ. गतेको प्रहरी हिरासतमा राख्न लेखिएको पत्र पाना-१।

१२. ऐ. २५ गतेको थुनुवा बुझ्न खटाईएको पत्र पाना-१।

१३. ऐ. मितिको पहिलो पटक म्याद थपको लागि लेखिएको पत्र र जि.स.व.का. को पत्र समेतको पाना-२ ।

१४. ऐ. मितिको बयान कार्यको लागि उपस्थित गराईएको पत्र पाना-१।

१५. ऐ. मितिको पक्राउ प्रतिवादी दुर्गाप्रसाद प्रसाईको बयान कागज पाना-७ ।

१६ ऐ. मितिको हाजीर जमानीमा छाडी थप अनुसन्धान गर्न सम्बन्धमा जि.स.व.का. माईतीघर काठमाण्डौँको पत्र

१७. ऐ. मितिको स्वास्थ्य परिक्षणको लागि लेखिएको पत्र समेतका कगजातहरु पाना-२ ।

१८. ऐ. मितिको जिम्मा जमानीको लागि लेखिएको कागजातहरु पाना-२।

१९. मिति २०८२।१२।१० गतेको प्रतिवादीको CRS चेकजाँच गरेको प्रतिवेदन समेतको पाना-२।

२०. ऐ. मितिको फैसलाको प्रतिलिपी उपलब्ध गराउनको लागि लेखिएको पत्र समेतका कागजातहरु पाना-४ ।

२१. ऐ. २६ गतेको हस्तलाल लामाले गरि दिएको घटना बिवरण कागज पाना-२।

अनुसन्धान अधिकारी

सुन्दर चौलागाई

(प्रहरी निरीक्षक)

C

ईति संवत् २०८३ साल बैशाख महिनाको २ गते रोज ४ शुभम् ।





     
 
what is notes.io
 

Notes is a web-based application for online taking notes. You can take your notes and share with others people. If you like taking long notes, notes.io is designed for you. To date, over 8,000,000,000+ notes created and continuing...

With notes.io;

  • * You can take a note from anywhere and any device with internet connection.
  • * You can share the notes in social platforms (YouTube, Facebook, Twitter, instagram etc.).
  • * You can quickly share your contents without website, blog and e-mail.
  • * You don't need to create any Account to share a note. As you wish you can use quick, easy and best shortened notes with sms, websites, e-mail, or messaging services (WhatsApp, iMessage, Telegram, Signal).
  • * Notes.io has fabulous infrastructure design for a short link and allows you to share the note as an easy and understandable link.

Fast: Notes.io is built for speed and performance. You can take a notes quickly and browse your archive.

Easy: Notes.io doesn’t require installation. Just write and share note!

Short: Notes.io’s url just 8 character. You’ll get shorten link of your note when you want to share. (Ex: notes.io/q )

Free: Notes.io works for 14 years and has been free since the day it was started.


You immediately create your first note and start sharing with the ones you wish. If you want to contact us, you can use the following communication channels;


Email: [email protected]

Twitter: http://twitter.com/notesio

Instagram: http://instagram.com/notes.io

Facebook: http://facebook.com/notesio



Regards;
Notes.io Team

     
 
Shortened Note Link
 
 
Looding Image
 
     
 
Long File
 
 

For written notes was greater than 18KB Unable to shorten.

To be smaller than 18KB, please organize your notes, or sign in.